रुकुम पश्चिमको मूसिकोटमा जिल्ला आपतकालिन प्रतिकार्य तथा विपद पुर्वतयारी परियोजना अन्तरर्गतका गतिविधिहरुको जिल्ला स्तरिय समीक्षा वैठक सम्पन्न भएको छ ।
मानव विकास तथा सामुदायिक सेवा अन्तरर्गत जिल्लामा संचालित परियोजनाहरुले आपतकालिन प्रतिकार्य तथा विपद पूर्वतयारी सम्वन्धी गरेका गतिविधिहरुको वारेमा जानकारी दिने तथा सल्लाह सुझाव लिनको लागि जिल्ला स्तरिय समीक्षा वैठक सम्पन्न गरिएको हो ।

विपद जोखिम न्यूनिकरण परियोजनाले, राहत वितरण, विपदमा परेका घरपरिवारहरुलाई पुर्नस्थापना, उपचार पुननिर्माण, विपद प्रतिकार्यसंग सम्वन्धीत तालिम पनि दिदैआईरहेको छ ।

सोही कार्यक्रम अन्तर्गत परियोजनाले चौरजहारी नगरपालिका वडा नम्वर १२ को जूम्लीपोखरीमा गएको कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पवाट क्षतीभएका २१ वटा घर पुनहनिर्माण गरेको छ ।
स्थानीय सरकार चौरजहारी नगरपालिका संगको समन्वयमा परियोजनाले उक्त वडामा २१ वटा भूकम्पप्रतिरोधी घर निर्माण कार्य सम्पन्न परियोजना संयोजक विमल वि.क.ले जानकारी दिनुभयो ।


मानव विकास तथा साुमदायिक सेवाका कार्यकारी निर्देशक कपिल शर्माको अध्यक्षतामा संचालन गरिएको समीक्षा वैठकमा जिल्ला समन्वय समितिका कार्यवहाक प्रमूख देबवहादुर वि.क.चौरजहारी नगरपालिका प्रमूख पुष्प वादी, प्रमुख जिल्ला अधिकारी कुलवहादुर जि.सी., चौरजहारी अस्पतालका प्रशासक डिल बहादुर गिरि लगायत जिल्ला स्थित सुरक्षा निकायका प्रमुख तथा सरोकारवाला निकायहरूका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...