नेपाल सरकार स्वास्थ्य बीमा बोर्डले नीजि तथा सामुदायिक संस्थालाई मान्दै आएको बीमा प्रथम सेवा बिन्दु हटाएको छ ।
स्वास्थ्य बीमा ऐन, २०७४ (दोस्रो संशोधन) को दफा ९ को उपदफा (६) तथा नियमावली, २०७५ को (प्रथम संशोधन) को नियम २ को खण्ड (छ) ले प्रथम सेवा विन्दु सरकारी स्वास्थ्य संस्था मात्र रहने व्यवस्था गरेकाले विगतमा प्रथम सेवा विन्दुको रुपमा बीमितहरुलाई सेवा दिदै आएको सरकारी बाहेकका अन्य सेवा प्रदायक स्वास्थ्य संस्थाबाट प्रथम सेवा विन्दु हटाउने निर्णय गरेको हो ।

बोर्डको २०८२ असार ८ गतेको निर्णय बमोजिम २०८२ श्रावन १ गतेबाट लागु हुने गरी प्रेषण केन्द्रको रुपमा मात्र आइएमआईएस मा प्रविष्टिको व्यवस्था गर्न गराउन अनुरोध गरेको छ । यसअघि प्रकाशित समाचार केहि सम्पादन गरिएको छ :  सम्पादक ।

फेसबुक प्रतिक्रियाहरु