साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ । पछिल्ला तीन कारोबार दिनदेखि घटिरहेको नेप्से, यस दिन भने बढेर बन्द भएको हो । आइतबार नेप्से परिसूचक २६.५३ अंक बढेर २६२२.२८ विन्दुमा पुगेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ४.७० अंक बढेको छ भने फ्लोट इण्डेक्स २.०५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७५ अंक बढेको छ ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ७ अर्ब ७८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२८ स्टकको ७४ हजार ७५२ पटकको कारोबारमा ७ अर्ब १२ करोड १७ लाख ३६ हजार रुपैयाँबराबरको १ करोड ६६ लाख ४३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

फेसबुक प्रतिक्रियाहरु