प्रतिनिधिसभाको आजको बैठकबाट विनियोजन विधेयक, २०८२ पारित गरिने भएको छ । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

विनियोजन विधेयक भनेको सरकारको वार्षिक बजेट कार्यान्वयन गर्न संसदबाट पारित गरिनुपर्ने कानुनी दस्तावेज हो । यो पारित भएपछि विभिन्न मन्त्रालय, निकाय तथा कार्यक्रमका लागि विनियोजित रकम खर्च गर्न कानुनी अनुमति मिल्छ । त्यसअघि बैठकमा विभिन्न मन्त्रालयका बजेटमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्युसूची पनि छ । आज पनि रास्वपा र राप्रपाले संसद बैठक बहिस्कार गरेको छ ।
संसद बैठक लाइभ हेर्न तलको युट्युब भिडियोमा क्लिक गर्नुहोस ।

फेसबुक प्रतिक्रियाहरु