रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले ८१ करोड बढीको बजेट ल्याएको छ । शनिबारदेखि सुरु भएको २१ औ नगरसभामा नगर उपप्रमुख ईश्वरी शर्मा बिएमले आगामी आर्थिक वर्ष ०८२÷०८३ को लागि ८१ करोड ९४ लाख ८३ हजारको बजेट तथा कार्यक्रम पेश गर्नुभएको हो ।
जसमा संघ संस्थाहरुको बाहेक संचित कोषको बजेट भने ५७ करोड ४१ लाख ९५ हजार २५ रुपियाँको रहेको छ । बजेट वक्तव्य अनुसार चालुतर्फ ७४.५९ प्रतिशत अर्थात ४२ करोड ८३ लाख १९ हजार ७८८ र पुँजीगततर्फ २५.४० प्रतिशत अर्थात १४ करोड ५८ लाखको वजेट पेश भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार सरोकारवाला निकायहरुसहितको समिक्षा, बिश्लेषण र सुझावको आधारमा बजेट ल्याईएको हो ।

वक्तव्यमा शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, आर्थिक विकास, विपद् व्यवस्थापन र सुशासन जस्ता विभिन्न क्षेत्रमा गरिने लगानी र कार्यक्रमहरूको विस्तृत विवरण समावेश गरेको छ, जसमा रोजगार सिर्जना, कृषि विकास, खानेपानी, सडक मर्मतसम्भार, सामाजिक सुरक्षा लगायतका विषयहरू प्रमुख छन् । यसले सरकारी तथा गैरसरकारी संस्थाहरूसँगको सहकार्यमा गरिने कार्यहरू र विभिन्न स्रोतबाट प्राप्त हुने बजेटको अनुमान पनि स्पष्ट पारेको छ । कस्तो छ त चौरजहारी नगरपालिकाले पेश गरेको बजेट ?

विस्तृत बजेटको सारांस बुझ्न तलको पडकाष्ट युट्युब भिडियोमा क्लिक गर्नुहोस ।

फेसबुक प्रतिक्रियाहरु