योङ कम्युनिस्ट लिग वाइसियल रुकुम पश्चिमले जिल्लाका सबै पालिकामा संगठनको पालिका इन्चार्ज तोकेको छ । आईतबार बसेको संगठनको पदाधिकारी बैठकले पालिका इन्र्चाजहरु तोकेको हो जिल्ला अध्यक्ष एलवि कटुवालले जानकारी दिनुभयो । जसअनुसार चौरजहारी नगरपालिकामा रेशम क्षेत्री, आठबिसकोट नगरपालिकामा बिजय बिक र मुसिकोट,नगरपालिकामा राजु बिकलाई इन्चार्ज तोकेको छ ।

त्यस्तै बाफिकोट,गाउँपालिकामा देब ब पुन, सानिभेरी गाउपालिकामा सन्तोष बिक र त्रिबेणी गाउँपालिकामा ः गनेश चन्दलाई तोकेको छ । साथै बैठकले वाईसियल नेपाल कार्यकर्ता साहायता कोष स्थापना गर्ने र डिजिटल ब्लड बैंक स्थापना गर्ने लगायका महत्वपूर्ण निर्णय पनि गरेको छ ।
त्यस्तै बैठकमा सबै तहका सम्मेलनको समिक्षा गर्नुका साथै वर्षातको समयमा हुनसक्ने प्राकृतिक बिपतमा सहयोग र उद्धारमा खट्न स्वयंसेवकको परिचालन गर्ने निर्णय पनि गरेको अध्यक्ष कटुवालले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु