नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले संसद्लाई राष्ट्र र जनताका मुद्दालाई बहस गर्ने र भविष्यप्रति आशा दिलाउने थालेका रूपमा विकास गरिनुपर्ने बताएका छन् । राष्ट्रिय समाचार समितिसंगको एक अन्तरवार्तामा सदन औपचारिकतामा मात्रै सीमित रहँदा जनताका मुद्दा ओझेलमा परेका जनाउँदै उनले ‘सदन समाधानको सट्टा द्वन्द्वको थलो’ बनेको टिप्पणी गरे ।

‘संसद् जनताका आवाज बुलन्द गर्ने ठाउँ हो । सदनमा जनताका मुद्दाहरूमा बहस हुनुपर्ने हो । तर दुःखका साथ भन्नुपर्छ, हाम्रो संसद् केबल औपचारिकतामा मात्रै बितिरहेको छ ।’ उनले भने । माओवादी केन्द्र महाधिवेशनको तयारीमा अघि बढिरहेको छ, आसन्न महाधिवेशनमा नेतृत्वमा प्रतिस्पर्धा गर्नुहुन्छ ? भन्ने प्रश्नमा उनले प्रतिस्पर्धा गर्नका लागि भन्दा पनि मैले उठाएको विषय पार्टीलाई कसरी सुधार गर्ने भन्ने विषयमा भएको बताए । उनकाले भनेका छन, कम्युनिस्ट पार्टीको जिम्मेवारी र जनताप्रतिको उत्तरदायित्व के हो ? पार्टीभित्रको आन्तरिक जनवाद, लोकतन्त्रलाई कसरी स्थापित गर्ने तथा पार्टी सुधार र संस्थागत रूपमा कसरी सञ्चालन गर्ने ? भन्ने अहिलेको प्रमुख विषय हो । पार्टीलाई कस्तो बनाउने भन्ने निर्णय पार्टी सदस्यले गर्नुपर्छ । उनीहरूलाई यो अधिकार दिनुपर्छ । उनीहरूलाई पार्टीले सार्वभौम मान्नुपर्छ । त्यसपछि मात्रै माओवादी जनताको पार्टी बन्न सक्छ भन्ने विषय मैले उठाएको कुरा हो ।

‘माओवादीले मङ्सिरमा महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । आसन्न महाधिवेशनमा को अध्यक्ष हुने भनेर अहिले एजेन्डा उठेकै छैन । आज जनताले हामीमाथि जुन प्रश्न गरेका छन् ।’ उनले भनेका छन, ‘जनतामा जो निराशा छ । त्यसको जिम्मेवारी हामीले लिनुपर्छ । मैले यही विषय बारम्बार उठाउँदै आएको छु ।’

फेसबुक प्रतिक्रियाहरु