रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा अपांगता समाबेशीकरण र स्थानीय तहमा अपाङगता भएका ब्यक्तीको सहभागीतामा एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । मानव विकास तथा सामुदायिक सेवा अन्तरगत अपाङ्गता भएका ब्यक्तिहरुको लागि लचिलो, स्वतन्त्रता, सुदृढीकरण र सशक्तीकरण(राईज–अप) परियोजनाको आयोजनामा एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।
चौरजहारी नगरपालिका वडा नम्वर २ मा रहेको होटेल मालिका सिदार्थको सभाहलमा भएको कार्यक्रममा लैगिक समानता एवम अपांगताको क्षेत्रमा विगत लामो समय देखि कार्यरत युनाईटेड मिसन टु नेपालका (जेड्सी) एडभाईजर तथा अपांगता क्षेत्रको वारेमा पुस्तक लेखक बीर वहादुर वस्यालले गोष्ठीको सहजिकरण गर्नुभएको थियो ।
गोष्ठीमा अपांगता भएका व्यक्ति परिवार तथा समुदायको लागि वनेका नीति नियम, ऐन, कानून कार्यान्वयनको अवस्था राष्ट्रिय तथा अन्तराष्ट्रिय अभ्यास, स्थानीय तहले गरेका सकारात्मक कार्य, भौतिक तथा संरचनागत अवरोध, अपांगता र कार्यगत सिमिततामा वातावरणको प्रभाव लागएतको वारेमा छलफल गरिएको थियो ।
त्यस्तै अपांगता सम्वन्धी संघीय निर्देशक समिति, प्रदेश समन्वय समिति, स्थानीय अपांगता समन्वय समितिको काम कर्तव्य र अधिकार तथा अपांगता परिचय पत्र वितरण कार्यविधी २०७५ को वारेमा पनि छलफल गरिएको कार्यक्रमका संचालक एवम राईजअप परियोजना अधिकृत सन्देश जैसीले जानकारी दिनुभयो ।
कार्यक्रमको प्रमुख अथिती चौरजहारी नगरपालिकाका उप–प्रमुख ईश्वरी कुमारी शर्मा (बि.एम) ले अपाङ्गताको क्षेत्रमा काम गर्दै आईरहेको मानव बिकास तथा सामुदायिक सेवा अन्तरगत राईजप परियोजाले गरेको काम प्रती प्रशंसा गर्दै आगामी दिनमा थप सहकार्य गर्नको लागी स्थानीय सरकार तयार रहेको बताउनु भयो ।
कार्यक्रममा चौरजहारी नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत सीता थापाको बिशेष आथित्यता र नेपाल पत्रकार महासघ रुकुम पश्चिमका अध्यक्ष गोपाल प्रसाद रेग्मी लगायत सरोकारवाला निकाय लगाएतको आथित्यता रहेको थियो । उक्त कार्यक्रमको अध्यक्षता एक स्वास्थ्य परियोजना संयोजक यदु के.सीले गर्नुभएको थियो । साथै कार्यक्रम मा चौरजहारी नगरपालिका भित्रका १४ वटै वडाका ४०जना अपाङ्गता भएका ब्यक्ती तथा परिवारको सहभागिता रहेको परियोजना अधिकृत सन्देश जैसीले जानकारी दिनुभयो ।