तेस्रो रुकुम भलिबल कपको आज फाइनल खेल हुदैछ । रुकुम पश्चिम सदरमुकामको बराहटाकुरा मैदानमा हुने फाइनल खेलमा हाम्रो सरोकार मुसिकोट ७ रुकुम पश्चिम र बौदीकाली नवलपुर भिड्दै छन । फाइनल खेल आज दिउसो दिउँसो २ बजे हुने आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेज बुढाले जानकारी दिनुभयो ।

उहाँका अनुसार पुरुष तर्फको विजेताले ५ लाख ११ हजार, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ भने उपविजेताले २ लाख ६१ हजार नगद, ट्रफि, मेडल र प्रमाण पत्रमा चित्त बुझाउने छ । दुवै टिम चर्चित राष्ट्रिय खेलाडिहरु रहेका छन । हाम्रो सरोकारमा नेपाल आर्मीका धनबहादुर भट्ट, कोसी प्रदेशका कप्तान विष्णु बस्नेत, मनोज घिमिरे लगायत छन् भने बौदीकालीमा हिमाल सुनारी, सरोज वर्देवा, विवश आले, विश्वास अधिकारी लगायतका खेलाडीहरू रहेका छन् । खेलको आहा सञ्चारको अफिसियल युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण हुनेछ । आहा सञ्चारको अफिसियल युट्युब च्यानलमा जान यहाँ क्लिक गर्नुहोस ।

हाम्रो सरोकार र बौदीकाली अमित फेन्सी स्टोर्स टिमको यस अघिको खेल हेर्न तलको युट्युब भिडियोमा क्लिक गर्नुहोस ।

 

फेसबुक प्रतिक्रियाहरु
adv.