तेस्रो रुकुम कप भलिबलमा आज पुरुष तर्फ लिग चरणका ४ खेलहरू हुँदै छन् । खेलमा स्थानीय तथा राष्ट्रिय खेलाडिहरुको सहभागीता रहेको छ । रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेज बुढाका अनुसार आज हाम्रो सरोकार, टिम खनाल, अमित फेन्सी स्टोर र बनगाड कुपिण्डे विच रोचक खेल हुनेछ ।
हाम्रो सरोकारमा नेपाल आर्मीका धनबहादुर भट्ट, कोसी प्रदेशका कप्तान विष्णु बस्नेत र मनोज घिमिरे लगायतका खेलाडी रहेका छन् भने टिम खनालमा नेपाल पुलिसका सफल विश्वकर्मा, पहल गहतराज सहित, भीम गाहा, रुपेन्द्र गैरे, एपिएफका सुरेन्द्र केसी लगायतका खेलाडीहरू रहेका छन् । बौदीकालीमा भने हिमाल सुनारी, सरोज वर्देवा, विकास आले लगायतका खेलाडी रहेका छन् ।
पुरुष भलिबलको विजेताले ५ लाख ११ हजार नगद पुरस्कार प्राप्त गर्ने छ । खेललाई आहा सञ्चारको अफिसियल युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण हुनेछ । युट्युब लिंकका लागि यहाँ क्लिक गर्नुहोस ।
रुकुम भलिबल कप अन्तगत आज हुने खेलहरु
बिहान ८:०० बजे ( पुरुष तर्फ) म्याच नं-१८) टिम खनाल vs हाम्रो सरोकार
बिहान १०:०० बजे (पुरुष तर्फ) म्याच नं-१९) बन्गाड कुपिण्डे vs अमित फेन्सी स्टोर (बौदिकाली)
दिउँसो २:०० बजे (पुरुष तर्फ) म्याच नं-२०) (बौदिकाली)अमित फेन्सी स्टोर vs टिम खनाल
बेलुका ५:०० बजे (पुरुष तर्फ) म्याच नं- २१) हाम्रो सरोकार vs अमित फेन्सी स्टोर(बौदिकाली)

