- सिमियाेन राेक्का
तिमीलाई थाहा छ ?
फुलहरु हास्छ नि !
फुल फुल्नु भनेको फुल हास्नु हो ।
फूल हास्नु भनेको बाच्नु हो ।
तर तिमीलाई थाहा छ ?
यो हासो क्षणिक छ नि !
यी फुलहरूका हासो
केहि दिनमा नै झरिजान्छन !
र यि उजाड बनिजान्छन ।
अहिले देखिएका भिड़हरू सन्नाटामा बदलीजान्छन ।
यहाँ केही दिनमा सिंगों रूख एक्लो मात्र हुन्छ ।
यसका कोपिलाहरु हासोमा
परिणत भएको केहि क्षण मात्र भएको छ ।
सारा संसार रंगिन जस्तो लाग्दै गर्दा यि झरिजान्छन ।
हासो क्षेणिक हो ।
तर यति क्षेणिक हासो हास्नलाई यि फुलहरुले
गृष्म, बर्षा, हेमन्त, शरद, शिशिर सव पार गर्छन ।
कहिले बर्षा, कहिले घाम, कहिले बादल, कहिले हुरी बतास ।
कहिले खिक्करिक्क, कहिले सुख्खा र उजाड ।
तर आशा गुमाउदैन ।
क्षणिक हासो हास्नलाई यसले पुरा जीवन दुखमा
बिताई दिन्छ र पर्खन्छ त्यो दिनलाई
जुन दिन पालुवा लाग्छ, पातहरु हरिया हुन्छ र कोपिलाहरु सहित
फुलहरु क्षणिक नै भए पनि मुस्काउराउछ, खुसी हुन्छ ।
यसको मुस्कानमा दुनिया रमाउछ ।
फेरी भीडहरू यसको सुन्दरता हेर्न आउछन।
जिन्दगी यो जकरण्डाको फूल जस्तै हो ।
तिमी पनि हरेस नखाउ है ।
