केहि साता चलेको दक्षिण एशियाका दुई प्रतिद्वन्द्वी राष्ट्र भारत र पाकिस्तान पूर्ण स्तरको सैन्य द्वन्द्व संघर्ष विरामको रुपमा लिने सहमति भएको विवरणहरु अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन । संघर्षविराम कहिलेसम्म टिक्छ भन्ने कुनै विश्वस्थ आधार छैन, किनकी भारतले युद्ध विराम घोषणाभएपछि पनि पाकिस्तानले गोलाबारी जारी राखेको बताएको छ ।
यी दुईबीच युद्धविराम गराउन फेरि एक पटक संयुक्त राज्य अमेरिकाले मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै सामाजिक सञ्जालमा यसबारेमा धारणा राख्दै लामो छलफल पनि भारत र पाकिस्तान वार्ताका लागि सहमत भएको बताएका छन । तर शैन्यशक्तिको आधारमा पाकिस्तानभन्दा दोब्बर स्रोतसाधन रहेको भारत पाकिस्तानसंग वार्ता गर्न कसरी सहमत भएको भन्ने चासोको रुपमा हेरिएको छ । जसमा मुख्य विषय भारतका शक्तिशाली भनिएका वायुयान पाकिस्थानले खसालीदिनु पनि एउटा पाटो हो, जसले वार्ताका लागि नजिक हुन बाध्य बनायो । रिपोर्टहरू अनुसार पाकिस्तानले चीनमा बनेका जे–१० सी लडाकु विमान प्रयोग गरेर भारतका केही शक्तिशाली र विश्वास बोकेका विमानहरू खसाली दिएको थियो । जसले युद्धमा परिक्षण भएका चिनियाँ लडाकु विमानको परिक्षणको पूर्ण सफलता मात्र दिएन विश्वभर पुनः एकपट नयाँ वहसनै सिर्जना गरिदियो ।
‘हाम्रा लडाकु विमानहरूले तीनवटा भारतीय राफाल खसाले।’ केही दिनअघि संसदमा बोल्दै पाकिस्तानका विदेशमन्त्री इसहाक डारले भने, ‘ती तीनवटै राफाल फ्रान्सका थिए । हाम्रा विमान भने जे–१० सी थिए ।’ विदेशमन्त्री डारका अनुसार, दुई आणविक शक्ति सम्पन्न राष्ट्रहरूबीच द्वन्द्व सुरु भएपछि निद्रामै भएका चिनियाँ प्रतिनिधिहरू पाकिस्तानको रक्षा सफलताबाट निकै उत्साहित भएका थिए ।
भारतले पाँचवटा लडाकु विमान गुमाएको रिपोर्टमा औपचारिक प्रतिक्रिया दिएको छैन । तर, राफाल खसाल्ने घटनामा चिनियाँ विमानको संलग्नताले सुरक्षा क्षेत्रलाई झस्काएको छ र विमान निर्माता कम्पनी ‘चङ्दु एअरक्राफ्ट कर्पोरेसन’ को शेयर मूल्यमा उछाल आएको छ । उसको एकैदिनमा २० प्रतिशतसम्म सेयर मुल्य बढेको छ । हालसम्म, चिनियाँ हतियार प्रणालीहरूलाई राफालजस्ता पश्चिमी बनावटका प्रणालीहरूसँग प्रत्यक्ष युद्धमै परीक्षण गरिएको थिएन ।
