संघीय शिक्षा ऐनको शीघ्र कार्यान्वयनको माग गर्दै नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको अगुवाइमा माइतीघर मण्डलामा आयोजित बृहत प्रदर्शन ऐतिहासिक रूपमा सम्पन्न भएको छ । यस प्रदर्शनमा देशभरका शिक्षकहरूको उल्लेखनीय उपस्थिति रह्यो, जसले शिक्षाको उज्ज्वल भविष्यका लागि एकताबद्ध आन्दोलनको सन्देश दिएको छ ।
मुसिकोट नगर समितिबाट सह–अध्यक्ष टिकाराम बिष्टको नेतृत्वमा रुकुमबाट पनि शिक्षकहरुको सहभागीता रहेको थियो । मुसिकोट क्षेत्रका शिक्षकहरू लामो दूरी तय गर्दै राजधानी काठमाडौं आगेका थिए । जसले उनीहरूको शिक्षा सुधारप्रतिको प्रतिबद्धता स्पष्ट पार्नुका साथै शिक्षकहरू आफ्नो दायित्वप्रति मात्र होइन, सम्पूर्ण शिक्षा प्रणालीको समृद्धिका लागि पनि कति समर्पित छन् भन्ने कुरा यस प्रदर्शनले झल्काएको छ ।
मुसिकोट शिक्षकहरूको उत्साहजनक योगदान
मुसिकोट नगर समितिका शिक्षकहरूले प्रदर्शनलाई प्रभावकारी बनाउन मात्र होइन, संगठनात्मक रूपमा पनि प्रमुख भूमिका निर्वाह गरको मुसिकोट नगर समितिबाट सह–अध्यक्ष बिष्टले बताए । उनका अनुसार प्रदर्शनमा शिक्षक महासंघको आर्थिक व्यवस्थापन पारदर्शी रह्यो, जसमा खर्चमा मितव्ययिता अपनाइएको थियो । मुसिकोट शिक्षकहरू आन्दोलनको पहिलो चरणमा महत्वपूर्ण सहभागीमात्र नभई आन्दोलनलाई व्यवस्थित बनाउने अभियानमा पनि अगाडि थिए । उनीहरूको अनुशासित र जोशपूर्ण उपस्थितिले आन्दोलनलाई थप सशक्त बनायो ।
शिक्षकहरूको एकताले आन्दोलनलाई बलियो बनायो
नेपालका विभिन्न जिल्लाबाट हजारौं शिक्षकहरू माइतीघरमा भेला भएका थिए । उनीहरूको एकताले शिक्षक पेशाको सम्मान, तलब–सुविधा, शिक्षामा सुधार, र संघीय शिक्षा ऐन कार्यान्वयनका लागि दबाब सिर्जना गर्न ठूलो मद्दत गरेको छ । शिक्षकहरू आफैं एकीकृत भई सरकारलाई ध्यानाकर्षण गराउनुको महत्व यस आन्दोलनले पुष्टि गर्यो ।
मुसिकोट नगर समितिका सह–अध्यक्ष टिकाराम बिष्टले आन्दोलनलाई सफल बनाउन अहम् भूमिका खेले । उनको नेतृत्वमा मुसिकोटका शिक्षकहरू एकताबद्ध रूपमा प्रदर्शनमा उत्रिएका थिए, जसले शिक्षण पेशालाई अझ मजबुत बनाउने दिशामा महत्वपूर्ण योगदान पु¥यायो ।
आन्दोलनको दोस्रो चरणको तयारी
अब २०८१ फागुन २० गतेदेखि अनिश्चितकालीन आन्दोलन प्रारम्भ गरिने महासंघले जनाएको छ । यसलाई थप प्रभावकारी बनाउन मुसिकोट नगरका शिक्षकहरूको बृहत भेला आयोजना गरिनेछ, जसमा आन्दोलनमा मुसिकोट नगरबाट कसरि सकृय सहभागीता जनाउने भन्नेबारे निर्णन गरिने महासंघ अध्यक्ष यज्ञ बहादुर खड्काले जनाउनु भयो ।
मुसिकोट नगर समितिले शिक्षण तथा सिकाइ प्रक्रियामा असर नपर्ने गरी आन्दोलनलाई अगाडि बढाउने प्रतिबद्धता जनाएको छ । यस क्रममा शिक्षक, विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालाहरूको सहभागिता आवश्यक रहेको भन्दै महासंघले सबैलाई आन्दोलनप्रति ऐक्यबद्धता जनाउन अनुरोध गरेको छ ।
शिक्षकहरूको योगदानको उच्च मूल्यांकन
शिक्षा क्षेत्रको सुधारका लागि शिक्षकहरूको योगदान अमूल्य छ । उनीहरू न केवल आफ्ना विद्यार्थीहरूलाई ज्ञान दिन समर्पित छन्, तर नीतिगत सुधारका लागि पनि अग्रसर छन् । संघीय शिक्षा ऐन जस्तो महत्वपूर्ण विषयमा शिक्षण समुदायको यस प्रकारको ऐक्यबद्धता एक ऐतिहासिक उपलब्धि हो । मुसिकोट नगरका शिक्षकहरूको जोश, उत्साह, र प्रतिबद्धता प्रेरणादायी छ । उनीहरूको सक्रिय सहभागिताले शिक्षा क्षेत्रको भविष्य सुनिश्चित गर्न मद्दत पु¥याउनेछ । यस्तो सशक्त आन्दोलनले सरकारलाई गम्भीर निर्णय लिन बाध्य बनाउने विश्वास गरिएको छ ।
