नेकपा एकीकृत समाजबादीका महासचिव घनश्याम भुसालले २०८४ अघि नै नेपालमा बृहत कम्युनिस्ट एकता हुने बताउनुभएको छ । नेकपा एकीकृत समाजवादी रुकुम पश्चिमको नवौं जिल्ला अधिवेशनमा बोल्दै नेता भुसालले यस्तो बताउनु भएको हो ।

आगामी डेढ वर्षभित्रै सम्पूर्ण कम्युनिष्टहरूको ध्रुवीकरण हुने उहाको ठोकुवा थियो । त्यसपछि मात्रै नेपालमा एउटा ठूलो कम्युनिष्ट पार्टी बन्ने र त्यसले नै जनताको मुद्दा उठान गर्ने नेता भुसालले प्रष्ट पार्नुभयो ।

अहिले नेपालमा गणतन्त्रको दोस्रो चरण सुरु भएको बताउनु भयो। यो बेला केही राजावादीहरू जागेको र ढलिसकेका ज्ञानेन्द्र शाह पनि उठ्न लागेकाले अब सबै कम्युनिष्ट एक साथ उठ्नुपर्ने भुसालको भनाइ छ । त्यसका लागि अबको एकता सडकमा पुगेर राजनीतिक प्रतिवद्धता सहित गर्नुपर्ने उहाको भनाइ छ ।


फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto