रुकुम पश्चिममा खुला कविता प्रतियोगीता सहित सिर्जना उत्सवको आयोजना गरिएको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमले चैत २२ र २३ गते कविता प्रतियोगिता र सिर्जना उत्सव कार्यक्रम गर्न लागेको हो ।

परिषद्का अध्यक्ष मनलाल ओलीका अनुसार खुला कविता प्रतियोगिताका लागि जिल्लाभरबाट चैत १० गतेभित्र प्राप्त भएका कविताहरूमध्ये समितिले उत्कृष्ट छनौट गरि पुनः प्रतिष्पर्धा गराएर पुरस्कार प्रदान गर्ने छ ।

कविता प्रयोगीतामा प्रथम हुनेले ५ हजार, द्धितीय हुनेले ३ हजार, तृतीय हुनेले २ हजार र सान्वना हुने दुई जनालाई जनही एक हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिने छ । कविता प्रतियोगीतामा मुसिकोट नगरपालिका र त्रिवेणीमा गाउँपालिकाले आर्थिक सहयोग गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto