रुकुम पश्चिमको चौरजहारीमा फागुन २२ गतेदेखि कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने भएको छ । महोत्सव आयोजक संस्था सहिद स्मृति कला संस्कृति संरक्षण केन्द्रले आज सदरमुकाम खलंगामा पत्रकार सम्मेलनको आयोजना गरि यस्तो जानकारी दिएको हो ।
फागुन २२ गतेबाट चैत्र ४ गतेसम्म सञ्चालन हुने महोत्सव निर्देशक एलबि कटुवालले जानकारी दिए ।
यसअघि आयोजना गरिएका महोत्सव विभिन्न कारणले प्रभावित भएर लक्ष अनुसार हुन नसकेको भन्दै यस महोत्सवबाट लक्ष्य प्राप्त हुने लक्ष राखिएको छ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय ख्याति प्राप्त कलाकारहरूको प्रस्तुति समेत रहने छ ।
महोत्सव आयोजक समितिका संयोजक राजु जिआरको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सञ्चालन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष तुल देवकोटाले गरेका थिए ।
विस्तृत तलको भिडियोमा हेर्नुहोस ।
फेसबुक प्रतिक्रियाहरु
