सुरुवात भएदेखि नै डिपसिकले जति लोकप्रियता पायो त्यति नै अहिले यो समस्यामा पर्न थालेको देखिन्छ । चिनियाँ आर्टिफिसियल इंटिलिजेन्स टूल डीपसिकलाई इटालीमा प्रतिबन्ध लगाइएको छ । एप्पल र गुगलले इटालीको आफ्नो एप स्टोरबाट डिपसिक एप हटाएको छ । आयरल्याण्डको डाटा संरक्षण आयोगले पनि डिपसिकबाट आयरिश प्रयोगकर्ताहरूको डाटा प्रोसेसिङसँग सम्बन्धित जानकारी मागेको छ ।
गत साता, डीपसिकले एक निःशुल्क एआई सहायक लञ्च गरेको थियो । यसले कम डाटा प्रयोग गर्ने र हालका सेवाहरूको तुलनामा धेरै कम लागतमा काम गर्ने बताइएको छ । सोमबारसम्म, यो असिस्टेन्टले एप्पलको एप स्टोरको डाउनलोडमा अमेरिकी प्रतिद्वन्द्वी च्याटजीपीटीलाई उछिनेको थियो । सोहि कारणले टेक शेयर लगानीकर्ताहरूको चिन्ता बढेको छ ।
फेसबुक प्रतिक्रियाहरु
