यु.के.लाल
राजनीतिक पृष्ठभूमिको परिवार
अक्सर हरेक मानिसले आफ्ना छोरा–छोरीहरुले आफ्नो सोंच अनुसारको जागिर वा कुनै ब्यवसाय गरेर राम्रो जिन्दगी बिताउन सकुन् भन्ने सदिक्षा राखेका हुन्छन् । गतिशील समय र परिवर्तित परिस्थितिले गर्दा कसैलाई पनि मनले सोचेसस्तो हुदैन । सोचेको जस्तो हुनलाई परिस्थितीले मनस्थितीलाई साथ दिएको हुनुपर्छ या त कठिन संघर्षका चरणहरु पार गरिसकेकेो हुनुपर्छ, कि त आफ्नो सोंच र इच्छालाई कसैले वलिदानी दिएको हुनुपर्छ । कहीँकतै बाबु–आमाको सोँच र इच्छासंग छोराछोरीहरुको पनि सोंच र इच्छाले मेल खायो भने त्यसलाई निकै ठुलो सुखद संयोगको रुपमा मान्नुपर्ने हुन्छ । यस्तै एउटा बाबुको सोंच र नामसंग जोडिएकी भारत महाराष्ट्र राज्य नासिकमा एस.पि.एम.(शिव प्रसाद महत¬)¬ सर्भिसेस¬ प्रा.लि.कि सञ्चालक एक उदाहरणीय छोरीहरु मध्य ब्यवसायिक सफलताको कथामा उल्लेखित प्रतिनिधि पात्रको नाम हो चाँदनी (शिवप्रसाद¬) महत ।
रुकुम (पश्चिम) जिल्ला मुसिकोट नगरपालिका ७ साँख जन्म घर भएका शिवप्रसाद महतकी जेठी छोरी चाँदनी महत २० जुलाई १९९७ मा भारतको महाराष्ट्र राज्य नासिकमा आमा पवित्रा महतकोे कोखबाट जन्मिएकी एक उद्यमी युवती हुन् । उनका बाबु शिवप्रसाद महत ने.क.पा.(माओवादी )केन्द्र निकट अखिल भारतीय नेपाली एकता मञ्चको केन्द्रीय सदस्य तथा नासिक जिल्लाको संस्थापक अध्यक्ष समेत रहेकाले उनका श्रीमती तथा छोरीहरु पनि संगठनको सदस्यता लिएर बिभागीय जिम्मेवारी भूमिकामा क्रियाशील रहेका छन् । चाँदनीकी जेठी आमा पट्टीबाट तीन दाजु र आफ्नी आमाबाट एक बहिनी यशोधा (शिवप्रसाद¬) महत रहेका छन् । नासिकको के.के.वाग कॉलेजबाट माइक्रो बायोलॉजीमा बि.ए.सी.सम्मको अध्ययन गरेकी चाँदनीले आफ्नो बुबाले स्थापना गरेको एस.पि.एम.सर्भिसेस प्रा.लि. म्यानपावर सप्लायर्स कम्पनीको प्रबन्ध निर्देशक भएर बहिनी यशोधासंगै मिलेर ब्यवसायलाई अगाडी बढाउदै आइरहेकी छन् । उनको बुबा शिवप्रसाद महतको २५ अप्रिल २०२१ मा कोभिड १९ कोरोना महामारीको बिमारले मृत्यु भइसकेपछि बुबाको सपना र नामसंग जोडिएको ब्यवसायलाई आमा पवित्रा महतको अभिभावकत्वमा रहेर दुई दिदी‘–बहिनीहरुले संगै अगाडी बढाइरहेका छन् ।
(क) कलाकारिता क्षेत्रमा रुची र ज्ञान– ब्यवसायमै ब्यस्त बनेको ज्यान
भारत प्रवासमा बुबा शिव प्रसाद महतले मजदुरी,चौकिदारी जागिरदेखि दक्ष जनशक्ति सप्लाइ गर्ने ब्यवसायिक काममा क्रियाशील रहँदै प्रवासी राजनीतिक संगठनको जिम्मेवारी पदमा रहेर सामाजिक क्षेत्रको काममा पनि त्यत्तिकै सक्रिय रहँदा त्यसको प्रभावले गर्दा आफुपनि सानैदेखि माओवादी निकट जनआक्रोस साँस्कृतिक परिवारको सचीवको भूमिकामा रहेर भारतका बिभिन्न स्थानमा हुने साङ्गीतिक कार्यक्रमहरुमा सक्रिय सहभागिता जनाउदै नृत्य प्रस्तुत गर्ने गरेको उनी बताउछिन् । स्कुलको पढाइसंगै सन २०१७ मा आफ्नो रुची अनुसारको नृत्य कोर्स शाइम्याक डाबर इन्स्टिच्युट मुम्बइबाट डान्सिङ डिप्लोमा गरेर पनि के.के.वाग कॉलेजमा नृत्य प्रतियोगितामा प्रथम स्थान हासिल गरेर पुरस्कार पाएका मेडल र प्रमाण पत्रहरु पनि उनीसंग रहेका छन् । बिभिन्न संघ–संस्थाहरुले आयोजना गर्ने साङ्गीतिक कार्यक्रमहरुमा र टि.पि.एल. ओपिनिङ सेरिमोनीले आयोजना गरेको कार्यक्रममा आफुले नृत्य प्रस्तुत गर्दा भारतीय नेशनल टि.भि. च्यानलले पनि उनले नृत्य गरेको भिजुअल प्रसारण गरिदिएको उनी बताउछिन् ।
नृत्य बिधाको कलाकारिता चाँदनीको रुचीकै बिषयगत क्षेत्र हुँदाहुदै पनि यही क्षेत्रमा आफ्नो ब्यवसायिक करिअर बनाएर अगाडी बढ्ने उपयुक्त वातावरण बन्न सकेन । बरु बुबाको मृत्युपछि समयले यस्तो जिम्मेवारीको भार बहन गर्नुपर्ने अवस्थामा पु¥यायो जो आफ्नो बुबाले गर्दै सञ्चालन आएको एस.पि.एम सर्भिसेज प्रा.लि. म्यानपावर सप्लायर्स कम्पनीको प्रबन्ध निर्देशक भइ घरकै दुई दिदी–बहिनी मिलेर ब्यवसाय सम्हाल्नुपर्ने अवस्था आयो । बुबाको मृत्यु भए पश्चात शुरुका दिनहरुमा उनको कम्पनीसंग सहकार्य गर्दै आएका अन्य कम्पनीहरले यि दिदी–बहिनीहरुले जनशक्ति आपूर्ति गर्न सक्दैनन भन्ने ठानेर काम दिन छोडेका रहेछन् । उनको बुबासंग घनिष्ट सम्बन्ध भएका एक–दुईवटा कम्पनीले मात्र सहकार्यलाई निरन्तरता दिएका रहेछन् । इच्छाशक्ति भए सबैकुरा सम्भव हुन्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै आमाको निरन्तर हौसलाबाट दुई दिदी–बहिनीहरु मिलेर दिदीले प्रबन्ध निर्देशक र बहिनीले लेखा ब्यवस्थापनको जिम्मेवारीमा रहेर दत्तचित्त भई काम गर्दै आउने क्रममा कामबाटै बिश्वास जित्न सफल हुदै आएको उनी बताउछिन् । अहिले उनको कमपनीसंग १९ वटा ठुला–साना कम्पनीहरुले सहकार्य गरेर कामको माग–अर्डर दिइरहेको र मासिक पन्ध्रहजार देखि तीसहजारसम्म तलब खाने एकसय पचास जना जति कर्मचारीहरु उनको कम्पनीमा कार्यरत रहेको उनी बताउछिन् ।
(ख) बुबाको मृत्यु हुँदाको असैह्य पिडा– बाल्यकालदेखिको आत्मिय साथीलाई अलबिदा !
हरेक मानिसको जीवनमा कुनै न कुनै अविष्मरणीय पिडादायी नकारात्मक घट्नाका क्षणहरु रहेका हुन्छन् । ति पिडादायी नकारात्मक घट्नाहरुले मानिसको जीवनको निरन्तरतामा क्रमभंग गरेर महाबिपत्ति ल्याइदिन्छन् र यसलाई पार गर्न त्यहि स्तरको संघर्ष गर्नुपर्दा जीवनको गति र प्रगतिले छलाङ मार्न पुगेको हुन्छ । चाँदनीको जीवनमा पनि यस्तै बिर्सनै नसकिने खालको नकारात्मक घट्ना कोभिड १९ कोरोना महामारीको बेला २५ अप्रिल २०२१ मा कोरोनाको कारणले बुबा शिव प्रसाद महतको मृत्यु भइसकेपछि जीवनमा निकै ठुलो बज्रपात परेको पिडाको अनुभूति परिवारले भोग्नुपरेको कष्टकर अवस्था नै भएको उनी बताउछिन् । कोरोना महामारीकै बेला बुबा शिव प्रसाद महतको मृत्यु भएको बा¥ह दिनपछि आफ्नो बाल्यकालदेखिको अति मिल्ने आत्मिय साथी किशोर ओलीको पनि कोरोनाकै कारण भएको दुखद निधनले आफुलाई थप पीडा दिएको घट्नाको क्षण पनि आफ्नो लागी अविष्मरणीय रहेको उनी बताउछिन् ।
(ग) खुसीको बहार–सम्मान र पुरस्कार !
मानिस खुसी हुनका लागी ठुला–ठुला सफलता प्राप्त गरेर मात्र होइन स–साना सफलताले पनि निकै आनन्दमय खुसीहरु पाउन सकिन्छ । कतिपय खुसीका कारणहरु निकै साना हुन्छन तर जीवनमा महत्वपूर्ण प्रभाव छेड्ने खालका अविष्मरणीय क्षण बनेका हुन्छन् । चााँदनीको हकमा पनि त्यस्तै महत्वपूर्ण प्रभाव छेड्ने खालका खुसीका पलहरुमा मुम्बइको के.के.वाग कॉलेजमा भएको नृत्य प्रतियोगितामा प्रतिस्पर्धा गर्दा प्रथम स्थान हासिल गरेर पुरस्कार पाउदाको क्षण खुसीको सबैभन्दा पहिलो अविष्मरणीय बनेको छ । त्यस्तै सन २०१८ मा टि.पि.एल. ओपिनिङ सेरीमोनीको डान्सिङ अवार्ड प्रोग्राममा नृत्य प्रस्तुत गर्दा पहिलो चोटी नेश्नल टेलिभिजनले आफुले नृत्य गरेको भिज्युअल प्रशारण गरिदिंदा र जि.एच.जि. कम्पनीको बार्षिक उत्सवमा आफ्नो कम्पनीलाई बेस्ट सर्भिस अवार्ड दिएर पुरस्कृत गर्दाका यि तीनवटा क्षणहरु आफ्नो जीवनका सबैभन्दा महत्वपूर्ण अविष्मरणीय खसीका पलहरु रहेको उनी बताउछिन् ।
(घ) दुब्र्यसनी मुक्त युवा–हरेक क्षेत्रमा अगुवा !
युवा भविष्यका कर्णधार मात्र नभइ वर्तमानका पनि महत्वपूर्ण साझेदार एवं निर्णायक जनशक्ति भएकोले युवाहरुको उर्जा र सृजनशील क्षमतालाई राज्यले सदुपपोग गर्नुपर्ने र युवाहरुलाई दुब्र्यसन मुक्त बनाएर हरेक क्षेत्रमा अगुवाई गर्ने जिम्मेवारीका अवसरहरु प्रदान गर्नुपर्ने चाँदनी महतको सुझाव सहितको धारणा रहेको छ । आफुले पनि जीवन ब्यवहारमा प्रत्यक्ष भोगेर प्राप्त गरेको ज्ञान र अनुभवले यहि कुरा सिकाएको उनी बताउछिन । उनको भोगाइबाट प्राप्त गरेको शिक्षा जीवन उपयोगी र प्रैरणादायी बनोस् !
