शशिराम बोहरा
आठबिसकोट नगरपालिका ३ खदी
रुकुम (पश्चिम )
आठबिसकोट नगरपालिका रुकुम पश्चिमका छ वटा स्थानिय तह मध्यको एक नगर पालिका हो । यो नेपालको एउटा ऐतिहासिक र सामाजिक रूपले महत्वपूर्ण नगरपालिका हो । किन कि जहाँ माओवादीको बलियो प्रभाव २०५२ सालदेखी कायम रहेको पाइन्छ । यो क्षेत्र माओवादीको शस्त्र विद्रोहको समयमा महत्वपूर्ण भूमिकामा रुपमा रहेको थियो र त्यसैको कारणले यहाँको राजनीति अझै पनि माओवादी केन्द्रित रहँदै आएको पाउन सकिन्छ । यद्यपि अहिलेको परिवेशमा माओवादीको राजनीतिक भविष्य अनिश्चितजस्तो देखिएको पाउन सकिन्छ । यसको लागि विभिन्न कारणहरू जिम्मेवार रहेका छन । जसमा आन्तरिक विवाद, नयाँ शक्तिहरूको उदय, राजनितिक कार्यकर्तामा आफन्तबाद लागुहुनु र स्थानीय जनताको बदलिँदो अपेक्षाहरू आदि पर्दछन् ।
१. आठबिसकोटमा माओवादीको हालको स्थिति
माओवादी केन्द्रले आफ्नो विद्रोहकालीन संघर्षलाई २०५२ सालदेखि जनताबिच लोकप्रिय बनाउँदै ठूलो समर्थन पाएको थियो । यसले आठबिसकोट जस्ता ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा विशेष प्रभाव पारेको थियो । तर शान्ति प्रक्रियामा आएपछि पार्टीले धेरै पटक विभाजन र पुनर्गठनको सामना गर्नु प¥यो । यसले जनताको बीचमा विश्वास घटाएको पाउन सकिन्छ । साथै स्थानीय तहमा माओवादीले लामो समयदेखि प्रमुख भूमिका खेले पनि अहिलेको राजनीतिक वातावरणमा विभिन्न नयाँ शक्तिहरू पनि उदाउँदै आएका छन् । राष्ट्रिय राजनीतिक परिदृश्यमा नेकपा माओबादी बिच घट्दो समर्थनले आठबिसकोटको राजनीतिकलाई पनि भविष्यमा प्रत्यक्ष प्रभाब पर्ने देखिन्छ ।
२ः आन्तरिक विवाद र विभाजनः
माओवादीले विगतका केही वर्षहरूमा विभिन्न आन्तरिक विवादहरूको सामना गरिरहेको छ । भर्खरै मात्र जनार्दन शर्मा प्रभाकर र पाटी अध्ययक्ष प्रचण्ड बीचको मतभेद पार्टीको सिद्धान्तमा स्पष्ट दृष्टिकोणको कमी र कार्यकर्ताहरू बीचको असन्तुष्टिले पार्टीलाई कमजोर बनाएको पाउन सकिन्छ । यसको असरले स्थानीय तहमा पनि प्रभाव पार्दै जनताको विश्वास गुम्ने खतरा बढ्दै गएको पाउन सकिन्छ ।
३ः नयाँ शक्तिको उदयः
आठबिसकोटमा नयाँ दलहरू र स्वतन्त्र उम्मेदवारहरूको उदयले माओवादीको परम्परागत शक्ति आधारलाई चुनौती दिएको पाउन सकिन्छ । युवापुस्ताले नयाँ राजनीतिक विकल्पहरू खोज्न थालेका छन जसले माओवादीलाई पुनःसंरचना गर्न र आफ्नो रणनीतिमा परिवर्तन गर्न बाध्य पार्न सङ्केत गर्द्छ यदि समयमै राजनितिक कार्यकर्ताको घैटोमा घाम न लाग्ने हो भने धेरै कुराको अभाब हुने कुरा प्रष्ट देखिन्छ ।
४ः विकास र सुशासनः
जनताले अब विकास, रोजगारी, र सुशासनको माग गरिरहेका छन् । माओवादीले आठबिसकोटमा केही ठोस विकासका कामहरू गर्न नसकेमा उसले आगामी निर्वाचनहरूमा आफ्नो आधार इलाका गुमाउने सम्भावना बढी देखिन्छ । राजनीतिक क्रान्ति भन्दा अब स्थानीय जनताका लागि आर्थिक प्रगति समुन्त समाज, शिर्जनशिल समाज निर्माण प्रती केन्द्रित राजनीतिमा विश्वास बढी रहेको पाउन सकिन्छ ।
५. सम्भावनाहरू ः नेतृत्व पुनर्संरचना
यदि नेकपा माओवादीले आठबिसकोट नगर पालिकामा आफ्नो नेतृत्वलाई पुनर्संरचना गर्न सक्छ र स्थानीय मुद्दाहरूमा केन्द्रित राजनीति गर्न सक्ने हो भने साथै नयाँ पुस्ताका नेतालाई अघि ल्याउन सक्यो भने यसले आफ्नो शक्ति पुनःस्थापित गर्न सक्ला हैन भने राजनितिक अबस्था गिर्दो अबस्थामा जानेकुरा दुइमत छैन । हो यो आठबिसकोटको राजनीतिक सन्दर्भमा युवा नेतृत्वको उदय आवश्यक छ जसले नयाँ विचार र विकासमा केन्द्रित एजेन्डालाई प्राथमिकता दिन सकोस ।
६ः स्थानीय सहकार्य र जनतासँग सम्बन्ध सुधारः
माओवादीले आठबिसकोटमा आफ्नो राजनीतिक आधार कायम राख्नका लागि स्थानीय सहकार्यमा जोड दिनु आवश्यक छ । अन्य दलहरूसँग सहकार्य गर्दै सामुदायिक स्तरमा सेवा र विकासका परियोजनाहरू अघि बढाउन सक्नु पर्छ । यसले जनताबीचमा पार्टीको छवि सुधार्न मद्दत पु¥याउँछ । साथै क्रान्तिकारी छविलाई पुनः निर्माणमा ओवादीले आफ्नो क्रान्तिकारी छवि गुमाउन नदिन र नयाँ सन्दर्भमा त्यसलाई पुनःनिर्माण गर्न ध्यान दिनु आवश्यक छ। सामाजिक न्याय, भूमि सुधार र समानताका मुद्दाहरूमा केन्द्रित भई आठबिसकोटका स्थानीय जनतालाई सम्बोधन गर्न सक्ने हो भने पार्टीले फेरि आफ्नो शक्ति सुदृढ गर्न सक्ला हैन भने आफ्नो बिरासत गुमाउनु पर्ने देखिन्छ ।
अतः अन्त्यमा आठबिसकोटमा माओवादी पाटिले आफ्नो पाटिको भविष्यलाई कसरी सुदृढ गर्ने भन्ने कुराको निक्यौल गर्दै आफ्नो संगठनलाई सुधार गर्ने भन्ने कुराको हेक्का राख्न आवश्यक देखिन्छ र जनताका नयाँ अपेक्षाहरूसँग कसरि मेल खुवाउँन सकिन्छ भन्ने कुरामा ध्यान दिनु पर्ने देखिन्छ । साथै आन्तरिक विवादहरूको समाधानका लागि कार्यकर्ताले आफ्नो आचरण सुधार्नु पर्ने देखिन्छ । भाबी राजनैतिक अबस्थालाई सुदृढ बनाउने हो भने नयाँ नेतृत्वको उदय र विकासमुखी राजनीति गर्ने हो भने निकट भबिष्यमा आठबिसकोटमा माओवादीको यात्राका लागि महत्वपूर्ण हुनेछ । साथै आठबिसकोट नगरपालिकामा यदि माओबादीले जनताको विश्वास पुनःस्थापित गर्न र नयाँ चुनौतीहरू सामना गर्नका लागि माओबादेव पार्टीले ठूलो परिश्रम गर्नुपर्ने देखिन्छ अनि मात्र पाटिलाई अगाडि बढ्नको लागि सहज हुनेछ । हैन भने एका देशको कथा नबन्ला भन्न सकिन्न । त्यसैले आदरणिय नेता गणहरुको घैटोमा घाम लाग्ने काम होस । धन्यबाद ।
