हेमराज श्रेष्ठ
नेकपा एमाले कर्णाली प्रदेश सल्लाहकार
तपाई कम्युनिष्ट आन्दोलन हुँदै प्रजातन्त्र हुँदै लोकतन्त्रको नेपाली कम्युनिष्ट आन्दोलनको नाइके हुनुहुन्छ तपाईको राजनीतीमा जीवन वितिसकेको छ । आज हाम्रो कम्युनिष्टको लक्ष कहाँ छ । आज हामी र हाम्रो पार्टीका साथीहरुले तिललाई पहाड बनाई रहनु भएको छ । हाम्रो पार्टी नेकपा एमाले बहुदलिय जनवादको आर्थिक नितीमा आधारीत सरकार र पार्टी चलीरहेको छ हामी जस्ताको मुक्तीका लागि लडाई लडिरहेको भन्दछौं तर कम्युनिष्ट धुजा धुजा भएर विभाजित भई दर्जनौ पार्टी भईसकेको छ ।
अब कम्युनिष्टको सरकार आयो भने हामी संसार उचाल्छौं भन्नुहुन्छ तर हामी कार्यकर्तालाई एक किसिमको प्रशिक्षण दिनुहुन्छ तपाईहरु पद पोष्टको लागि पार्टीलाई गुटबन्दीमा पु¥याई फुट बन्दीमा पु¥याउने काम भइराखेको छ । हाम्रो नेपाली राजनीतीमा व्यक्तित्वको होडबाजी चलि रहँदा पार्टीको बफादार कार्यकर्तामा निरासा आइरहेको छ । तपाई कम्युनिष्ट आन्दोलनको जेष्ठ नागरिक हुनुहुन्छ यो जस्ताको अनुरोध पत्रलाई मनन गरी नेकपा एमाले पार्टीमा मत भिन्नता लाई थाँती राखेर एक अर्काका कदर गर्ने एक अर्को को कमी कमजोरी हरुलाई आत्मसाथ गरी वार्तालापबाट आपसी मतभेद हटाई पार्टीमा बफादार भइ काम गर्ने तौर तरिका मिलाउन र आफ्नो इजजत प्रतिष्ठा बचाउन यो अनुरोध पत्र लेखेको छु । कमरेड तपाईका व्याख्या विष्लेशन अन्तरवार्ता तपाईको काम बोलाई चलाई हामी कार्यकर्ताहरु सुनिरहन्छौं कुरा के बुभ्mनु पर्यो भने डा. शिक्षा हासिल गरेका बाबुराम भट्टराई जस्तै नहुन अनुरोध छ चित्त नबुझेका कुरा पार्टीमा छलफल गरी व्याख्या बिष्लेशन गरी कुरा टुङ्गोमा पु¥याउन तपाईलाई बहुदलिय जनवादले पूर्ण अधिकार दिएको छ तफाईहरु आपसमा कुकरे कल गर्नुहुन्छ अनि जनता र कार्यकर्तालाई समाजवादमा कहिले पु¥याउनुहुन्छ ?
तपाई अग्रजहरु आपसमा कुकरे कलह गर्नुहुन्छ हामी कार्यकर्ता यो जयानलाई बलिदान दिएर पार्टीमा बफादार भएर लागि रहन्छौ समय आयो भने तपाईहरु प्रधानमन्त्री मन्त्री भएर सरकार चलाउनने अगुवा भइरहनुहुन्छ कार्यकर्ताको काम वर्ग संघर्ष गर्ने अनी प्रतिपक्ष सँग लडाई गरी तपाईहरुलाई जुरुक्कै बनाई सरकार चलाउने बनाई रहेकाछौं नेपालको राजनिती र राजनिती गर्ने अग्रजहरुबाट कार्यकर्ता दिक्क भईसकेकाछन् । आफ्नो ज्यानलाई आहुति दिएर तपाईहरुलाई सिंहदरबार पठाउछौं कोही पार्टीभित्र रुष्ट भई ढोकामा बसी कराउने कसैले स्वदेशी लाई विदेशी बनाएर विदेशमा मानव बेच विखन गर्ने कसैले गरीब जनताले आँतका बलले कमएको रकम सहकारीमा राखेको रकम झ्वाम पर्ने कसैको कानमा लगाउने नाकमा लगाउने फुली मुद्री नपाउने नेताहरुले क्वीन्टलका हिसाबले सुन ल्याउने कसैले १२ जना इट्टा भट्टा मानिस पोल्ने जे जति अपराधी छन् नेता नै भएको र भ्रष्टचारी पनि नेता नै भएको सबै महानुभावहरुलाई थाहा छ तपाई डा. भिम रावल स्पष्ट वक्ता र कुनै पनि कार्यमा संलग्न नभएको र जिवनभरी पार्टीमा बफादार भएर बसेको हुँदा जुन तरिका बाट उल्टो मोडमा हुनुहुन्छ अब सुल्टो मोडमा फिर्ता भई नेकपा एमालेको पार्टीको पूर्ण विश्वास सहित कार्य गर्न गराउन भनी मैले यो अनुरोध पत्र लेखेको छु कृपया कुनै कुरा गल्ती भए माफ गर्नुहुनेछ ।
धन्यवाद ।