नेपाल राष्ट्रिय भुतपुर्व सैनिक तथा प्रहरी संगठन रुकुम पश्चिमको प्रथम जिल्ला अधिवेशन नेकपा एमाले पार्टी कार्यालय बागबजारमा सम्पन्न भएको छ । नेकपा एमाले जिल्ला प्रचार विभाग प्रमुख जीवन खडकाको संचालन र संगठनका अध्यक्ष कमरेड अतिराम बोहराको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहका प्रमुख अतिथि नेपाल राष्ट्रिय भुतपुर्व सैनिक तथा प्रहरी संगठनका केन्द्रिय अध्यक्ष कमरेड बिनोद पाण्डे हुनुहुन्थ्यो भने प्रमुख बक्ताको रुपमा नेकपा एमाले पोलिटब्युरो सदस्य तथा नेपाल राष्ट्रिय भुतपुर्व सैनिक तथा प्रहरी संगठनका ईन्चार्ज कमरेड खेममान खडका सहभागी रहनु भएको थियो ।
उद्घाटन शत्रमा नेकपा एमाले रुकुम पश्चिम जिल्ला कमिटी अध्यक्ष कमरेड नन्दराम देवकोटा, संगठनका केन्द्रिय सचिव कमरेड सुधिर थापा, केन्द्रिय उपमहासचिव कमरेड मदन केसी, नेकपा एमाले पोलिटब्युरो सदस्य तथा नेपाल राष्ट्रिय भुतपुर्व सैनिक तथा प्रहरी संगठनका ईन्चार्ज कमरेड खेममान खडका र कार्यक्रमका प्रमुख अतिथि तथा संगठनका अध्यक्ष कमरेड बिनोद पाण्डेले अधिवेशन सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो ।
अधिवेशनले अतिराम बोहराको अध्यक्षतामा ७ सदस्यीय नेपाल राष्ट्रिय भुतपुर्व सैनिक तथा प्रहरी संगठन जिल्ला कमिटी रुकुम पश्चिम सर्वसम्मत चयन गरेको छ ।
संगठनको उपाध्यक्षमा हरिराम कुसारी सचिवमा जनक लामिछाने सहसचिवमा सन्तोष दाहाल कोषाध्यक्षमा मान बहादुर खडका चयन हुनुभएको छ भने सदस्यमा त्रिपाल चन्द र थलबिर गिरी चयन हुनु भएको छ ।