महुली लघुवित्त वित्तीय संस्था लिमिटेड पुस ५ गते निस्काशन गरेको थप सार्वजनिक निष्काशन अर्थात एफपीओमा पुस ९ गतेसम्म खुला रहेको छ ।
लघुवित्तले प्रतिकित्तान १०० रुपैयाँ अंकित मूल्यका ४ लाख ७५ हजार ४४९.१५ कित्ता शेयर निष्काशन गर्न लागेको हो । सो शेयरका लागि लगानीकर्ताले पुस ९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

उक्त अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि पुस १९ गतेसम्म लम्बिनेछ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto