रुकुम मुसिकोट नगरपालिका १ सल्लेमा ३ दिने भैसी पालन सम्बन्धी तालिम सम्पन्न भएको छ । स्वावलम्बन लघुवित्त वित्तिय संस्था शाखा कार्यालय मुसिकोटको आयोजनामा ३ दिने भैसी पालन सम्बन्धी तालिम सम्पन्न भएको हो । तालिम उदघाटन कार्यक्रमका प्रमुख अतिथिको रुपमा मुसिकोट नगर पालिकाको नगर उपप्रमुख बिमल कुमार पुनको उपस्थिति रहेको थियो ।
जिल्ला पशु सेवा कार्यालय रुकुमको प्रशिक्षकहरु पशु सेवा कार्यालयका कार्यालय प्रमुख श्री अभिनव जिसी, पशु सेवा कार्यालयको अधिकृत श्री ज्ञानु कुमार शर्मा, नायब सुब्बा श्री भुवन चौधरीले सहजीकरण गरेका थिए । तालिम समापन कार्यक्रममा उपप्रमुख पुनलेले जनताको आय स्तर माथी उकास्न अग्रणी भूमकिा खेलेको बताउँदै यी संस्थाहरूलाई नगरले संरक्षण संवर्द्धन गर्ने बताए ।
लघुवित्त संस्थाको नाममा जनतालाई ठग्ने काम समेत भइरहेको गुनासो आएकोले त्यस्ता संस्थाहरूबाट सचेत रहनुपर्ने उनको भनाई थियो । बैक वित्तिय संस्थाबाट लएिको कर्जा नतर्निुपर्ने र नतरिे कालो सुचीमा जाने अनिविर्य भएको बताए । तालिममा मुसिकोट नगरपालिका भित्रका ३६ जना वित्तिय संस्थाका ग्राहक सदस्यहरुको सहभागिति रहेको थिए । आफ्ना ग्राहक सदस्य र अभभिावकलाई आत्म नर्भिर बनाउने उद्देश्यले ३ दिने तालमिको आयोजना गरिएको स्वावलम्बन लघुवत्ति वित्तिय संस्थाका कार्यालय प्रमुख कमला कुमारी चलाउनेले बनाईन ।
भैसी पालन तालिमको दोस्रो दिन फिल्ड भ्रमण, गोठ, भकारो व्यवस्थापन, दानापानी सम्बन्धि, हावापानी अनुसारको जात छनौट, प्रजनन सम्बन्धि र दुध उत्पादन सम्बन्धि जानकारी गराईएको थियो ।
तालिममा भैसी पालन पालन गर्दाका फाइदा, भैसी पालन गर्ने तरकिा तथा भैसीलाई रोग लाग्दा कसरी रोकथाम गर्ने भन्ने वषियमा तालमि प्रदान गरएिको थियो थियो । कार्यक्रममा प्रशिक्षकहरुमा पशु सेवा कार्यालयका कार्यालय प्रमुख अभिनव जिसी, पशु सेवा कार्यालयको अधिकृत ज्ञानु कुमार शर्मा, नायब सुब्बा भुवन चौधरी, स्वावलम्बन लघुवित्त वित्तिय संस्था इलाका घोराही कलस्टर ख प्रमुख चन्द्र बहादुर थापा स्रोत ब्यति रहेका थिए । तालिम मंसिर २६ गते देखी २८ गते सम्म जिल्ला पशु सेवा कार्यालयको सभाहल सल्लेमा सञ्चालन भएको थियो । कार्यक्रमको सञ्चालन स्वाबलम्बन वित्तिय संस्था लि मुसिकोटका कर्मचारी दिनेश शर्मा गरेका थिए ।