अनेरास्वबियु रुकुम पश्चिमको बैठक सदरमुकाम खलंगामा सम्पन्न भएको छ । कमिटीका सचिव लोकेश मल्लको संचालन र अध्यक्ष देवेन्द्र मल्लको अध्यक्षतामा नेकपा एमाले रुकुम पश्चिमको कार्यालय बागबजारमा आज सम्पन्न भएको छ ।
बैठकको प्रमुख अथिति संगठनका पुर्व अध्यक्ष तथा नेकपा एमाले जिल्ला प्रचार बिभाग प्रमुख जीवन खडका र अखिलका केन्द्रिय सदस्य प्रकास खडकाको विषेश आतिथ्यता रहेको थियो ।
बैठकले नयाँ वर्ष २०८२ को बैसाख १ गते अखिल रुकुमको मुखपत्र बिमोचन गर्ने, पदाधीकारीहरुको कार्य बिभाजन, संगठन बिस्तार लगायत समसायीक बिषयहरुमा निर्णयहरु पारीत गरेको छ ।
जस अनुसार पालिका इन्चार्जहरुको कार्यविभाजन समेत गरेको छ । जसम अनुसार मुसिकोट ईन्चार्ज कुबेर के सि, बाफिकोटमा प्रेम के सि, सानीभेरीमा दिपक ओली, आठबिसकोटमा कपिल शर्मा, चौरजाहारी प्रदिप डागि र त्रिबेनीमा मनिषा शर्मा रहेका छन ।
