मंसिर १६ अर्र्थात भोलि आइतबारका दिन हुन गइरहेको स्थानीय तह उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचन आयोगले आज एक प्रेस बिज्ञप्ति जारी गरी यस्तो जानकारी दिएको हो । निर्वाचन हुने वडामा बिहान ७ बजेदेखि ५ बजेसम्म मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा उपस्थित भई आफूले रोजेको उम्मेदवारको चिन्हमा निर्धक्क भई मतदान गर्न सम्पूर्ण मतदाताहरुलाई निर्वाचन आयोगले हार्दिक अनुरोध गरेको हो ।

निर्वाचन शान्तिपूर्ण र भयरसहित बनाउन शान्ति सुरक्षाको सम्पूर्ण प्रवन्ध गरिएको आयोगले बताएको छ । आयोगबाट प्रकाशन भएको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदातालाई मताधिकारको प्रयोग गर्न सहजता प्रदान गर्ने अभिप्रायले मतदाता परिचय पत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचय पत्र वा राहधानी वा स्थायी लेखा नम्बर परिचय वा सवारी चालक अनुमति पत्रको सक्कल प्रमाणपत्रले मतदान गर्न पाउनेछन ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto