राप्ती समाज दक्षिण कोरियाद्धारा रुकुम पश्चिम मुसिकोट नगरपालिकाको थर्पुमा अवस्थित डिग्रे शाईकुमारी मन्दिरका लागि डस्बिन वितरण गरिएको छ । आज मन्दिर परिसरमा पुगेर समाजका सल्लाहकार जीवन खड्काले १० हजार बराबरका डस्बिन प्रदान गरेका हुन ।
वितरण कार्यक्रममा डिग्रे मन्दिर व्यवस्थापन समितिका पूर्वअध्यक्ष शैलेन्द्र केसी, मन्दिरका पुजारी रामप्रसाद गौतम लगायतको सहभागीता रहेको थियो । डिग्रे मेलाको समयमा मन्दिरमा फोहोर धेरै बढ्ने भएका कारण फोहोर व्यवस्थापनमा सहजीकरण लागि डस्बिन सहयोग गरिएको राप्ती समाज दक्षिण कोरियाले जनाएको छ । डिग्रे मन्दिर व्यवस्थापन समितिका पूर्वअध्यक्ष शैलेन्द्र केसीले डस्बिन प्रदान गरेकोमा समाजलाई धन्यबाद ब्यक्त गर्दै जसका कारणले मेलाको समयमा हुने फोहोर व्यवस्थापनमा ठुलो सहयोग पुग्ने बताए ।
समाजका सल्लाहकार खड्काका अनुसार साविकको राप्ती अञ्चलबाट दक्षिण कोरियामा रोजगारीको सिलसिलामा गएका नेपालीहरुले समाज मार्फत विभिन्न सामाजिक कार्यमा योगदान गर्ने गरेका छन । समाज मार्फत रुकुम पूर्वको रुकुमकोटमा अवस्थित कमल दहको फोहोर व्यवस्थापनका लागि पनि केहि दिनमा डस्बिन सहयोग गर्ने योजना बनाएको बताईएको छ ।