निर्वाचन आयोगले मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र अधिकृत नियुक्त गरेको छ । आयोगले सोमबार ३२ जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र ६ जना राजपत्रांकित कर्मचारीहरूलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको हो ।
जस अनुसार रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ५ को वडा अध्यक्षको लागि हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत पनि तोकेको हो । आयोगले सानीभेरी ५ को उपनिर्वाचनका लागि जिल्ला अदालत रुकुम पश्चिमका न्यायाधीश रामप्रसाद बस्याललाई मुख्य निर्वाचन अधिकृतको रुपमा तोकेको हो ।
मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरुले कात्तिक ३० गतेसम्म सम्बन्धित स्थानीय तहको केन्द्र तथा वडा केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसक्ने आयोगले जनाएको छ । अब उपनिर्वाचन हुने स्थानमा निर्वाचन सम्बन्धी कार्य निर्वाचन अधिकृतको कार्यालयबाट हुनेछन् । तल विवरणमा हेर्नुहोस कुन ठाउँको उपनिर्वाचनका लागि ककसलाई निर्वाचन अधिकृत तोकियो ।