वर्तमान सरकारले जाजरकोट भूकम्पपछि क्षति भएका रुकुमका भौतिक संरचना पुनःनिर्माणमा ढिलासुस्ती गरेको भन्दै ज्ञापनपत्र बुझाईको छ । आईतबार प्रधानमन्त्री केपि शर्मा ओलीलाई भेटेर छिटो पूर्णनिर्माणको दवाव स्वरुप ज्ञापनपत्र बुझाएका हुन ।
पूर्ब मन्त्री तथा रुकुम पश्चिमका प्रतिनिधीसभा सदस्य जनार्दन शर्मा प्रभाकर नेतृत्वमा रुकुम पश्चिमबाट प्रतिनिधत्व गन प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य तथा रुकुम पश्चिम र जाजरकोटका स्थानीय तहका जनप्रतिनिधिले भूकम्प प्रभावित क्षेत्रमा तत्काल पुनर्निर्माणको काम सुरु गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
भूकम्प गएको १ वर्ष बितिसक्दा पनि पुनर्निर्माणको काम सुरु हुन नसक्दा प्रभावित टहरामै दैनिकी विताईरहेका छन । हालसम्म पनि भूकम्प पुनर्निर्माण सम्बन्धी कार्यविधि जिल्ला विपत् व्यवस्थापन समितिमा नपुग्नु दुःखद भएको भन्दै कार्यविधि तत्काल उपलब्ध गराइदिन माग गरिएको छ ।