३५ वटा कम्पनीहरुले प्राथमिक निस्काशन (आईपीओ) का लागि धितोपत्र बोर्डमा आवेदन दिएका छन् । धितोपत्र बोर्डले अनुमति दिएको अवस्थामा ३५ वटा कम्पनीको आईपीओ निष्कासन हुने छ ।
बोर्डमा पुर्व अध्यक्ष रमेश हमालको कार्यकाल पुष २० गते सकिएपछि सरकारले नयाँ अध्यक्ष नियुक्ति गर्न सकेको छैन । अध्यक्ष नहुदाँ काम चलाउ अध्यक्षले आइपीओ स्वीकृतिको काम गर्न सकेको छैन । लामो समयदेखी आइपीओ स्वीकृत नहुदाँ ३५ कम्पनीहरु आइपीओ अनुमति कुरेर बसेका छन् । पाइपलाइनमा रहेका कम्पनीहरु मध्ये १७ वटा हाइड्रोपावर रहेको छ भने १८ वटा होटल वा अन्य कम्पनीहरु छन् । ५ कम्पनीहरुले प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्न लागेका छन् भने अन्य कम्पनीहरुले भने प्रतिकित्ता १ सय रुपैयाँ नै मूल्य तोकेको छ ।
डिस होमले १ करोड ३५ लाख ८४ हजार ९ सय ५५ कित्ता सेयर जारी गर्न लागेको छ । त्यस्तै आर्किड होल्डिङ लिमिटेडले १ करोड १५ लाख कित्ताकोसेयर जारी गर्दैछ । कुन कम्पनीले कति कित्ता आइपिओ जारी गर्दै छ विस्तृत विवरण तलको युट्युब भिडियोमा हेर्नुहोस ।