नेकपा माओवादी केन्द्रले जाजरकोट नलगाड नगरपालिकाको उपमेयरमा देवका लामिछाने (सोभा) लाई उम्मेदवार बनाउने भएको छ । आगमी मंसिर १६ गतेहुने स्थानीय तह उपनिर्वाचनका लागि लामिछानेलाई माओवादीले उम्मेदवार बनाएको हो ।
जाजरकोट केन्द्रविन्दु भई आएको भूकम्पमा परी नलगाड नगरपालिका उपप्रमुख सरिता सिंहको मृत्यु भएको थियो । उपमेयर सिहको मृत्यु भएपछि रिक्त रहेको उपमेयरको पदमा उपनिर्वाचन हुँदैछ । अन्य प्रमुख दलहरुले पनि उपमेयरका लागि उम्मेदवार टुंगो यसअघि नै लगाईसकेका छन ।
नेपाली कांग्रेसले इन्द्रा चन्द सिंहलाई उपप्रमुख उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै नेकपा एमालेले सुनिता वोहरालाई उपमेयरको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
फेसबुक प्रतिक्रियाहरु