रुकुम पश्चिमको आठविसकोट नगरपालिका ५ थापागाउँमा विभिन्न खेलकुद प्रतियोगीताको आयोजना गरिएको छ । १८ औं दिपक स्मृति तिहार मेलाको अवसरमा भलिबल, घैटाफोर लगायतका प्रतियोगीताहरु आयोजना गरिएको हो ।
कार्यक्रम आयोजक समितिका अध्यक्ष यमराज थापाका अनुसार मेलामा खेलकुद प्रतियोगीताका साथै विभिन्न स्थानीय झाँकी र सांकृतिक कार्यक्रमहरु पनि सञ्चालन हुनेछन ।
पुरुष भलिबल प्रतियोगीतामा प्रथम स्थान हाँसिल गर्ने समुहले ५० हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने छन भने महिला भलिबल तर्फ २५ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन ।
फेसबुक प्रतिक्रियाहरु
