राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारी ठगीमा पक्राउ गरेसँगै प्रहरीले संगठित अपराधसहित सहकारी ठगीमा पनि अनुसन्धानका लागि म्याद थप गरेको छ । प्रहरीले दुवै अभियोगमा अनुसन्धानका लागि ६ दिनका लागि म्याद दिएको छ । म्याद थप भएसँगै अब प्रहरीले अनुसन्धानका लागि लामिछानेको बयान लिने छ । बयानका क्रममा प्रहरीले सहकारी ठगीसँगै संगठित अपराध भएको हो कि हैन भन्नेबारे अनुसन्धान थाल्ने छ ।
जुन अभियोगमा म्याद थप भएको छ, सोही अभियोगमा अनुसन्धान गर्नुपर्ने भएकाले यी दुई अभियोगमा प्रहरीले अनुसन्धान गर्ने छ । अभियोगपत्र दर्ता गर्दा सरकारी वकिलको कार्यालयले थप अभियोग पनि आकर्षित हुनसक्ने देखेमा दाबी गर्न सक्ने छ । के हो संगठित अपराध र कस्तो हुन्छ यसको सजाय ? विस्तृत विवरण सहितको रिपोर्ट तलको युट्युब भिडियोमा हेर्नुहोस ।