अघिल्लो साताको अन्तिम कारोबार दिन झिनो दुई अंक बढेर बन्द भएको कारोबार आज साताको पहिलो कारोबार दिन नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १.७२ प्रतिशत अर्थात ४७.४४ अंकले घटेर २ हजार ६९७.९१ विन्दुमा सीमित बनेको छ । यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.५९ प्रतिशतले घटेर ४८७.३९ विन्दुमा खुम्चिएको छ ।
यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१५ वटा स्क्रिप्टको २ करोड ८ लाख ६८ हजार ९१९ कित्ता सेयर ८ अर्ब १८ करोड २ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबैमा रातो पोतियो । आज वित्त समूह सर्वाधिक अर्थात ४ प्रतिशतले घट्यो । आज म्युचुअल फण्ड समूह अपरिवर्तित रह्यो । यो दिन गूडविल फाइनान्सको सर्वाधिक सेयर कारोबार भयो । आज बजार घट्नुका संभावित कारण र आज कुन ब्रोकर कम्पनीले कति खरिद गरे कति विक्रि गरे विस्तृत विवरणका लागि तलको युट्युब भिडियामा हेर्नुहोस ।