राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुकुम पश्चिम जिल्ला कार्यसमितिको सभापतिमा मानबहादुर शाही सर्बसम्मत चयन भएका छन । आज सदरमुकाम खलंगाको बालमन्दिरहलमा भएको जिल्ला भेलाबाट शाही सभापतिमा चयन भएका हुन । उनी यसअघि पनि पार्टीको रुकुम पश्चिम अभियान संयोजक थिए । शाहीको नेतृत्वमा एक जना पछि थप गर्ने गरि १३ सदस्सीय जिल्ला समिति चयन गरिएको छ ।
जसको उपसभापतिमा रिम प्रसाद शर्मा, सचिबमा शेखर चन्द, सहसचिवमा मना खडका गिरी र कोषाध्यक्षमा रमिता खडका चयन भएका छन । त्यस्तै सदस्यहरुमा शान्ति गिरी, प्रबिन बुढाथोकी, निरज गिरी, चन्द्र बहादुर वली, पवन वलि, सुनिल मल्ल र दिपेन्द्र बिस्ट रहेका छन । पार्टीको जिल्ला भेलाको लागि रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार लगायतका नेताहरु जिल्लामा आएका थिए ।
फेसबुक प्रतिक्रियाहरु