राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका प्रमुख सचेतक सांसद सन्तोष परियारले सरकारले शक्तिको दुरुपयोग गरेर सभापति रवि लामिछानेलाई पक्राउ गरेको बताएका छन ।
सरकारले रवि लामिछाने ब्यक्ति र रास्वपा पार्टीलाई रिस साँधेर पक्राउ गरिएको उनको भनाई छ । पार्टीको जिल्ला सम्मेलनका लागि रुकुम पश्चिम आएका सांसद परियारले यस्तो कुरा बताएका हुन । आज रास्वपा रुकुम पश्चिमको जिल्ला सम्मेलन हुदैछ छ भने नयाँ नेतृत्व चयन गरेर सम्पन्न हुनेछ । पत्रकार सम्मेलनमा सांसद परियारले ब्यक्त गरेको भनाई विस्तृत रुपमा तलको युट्युब भिडियामा हेर्नुहोस ।
फेसबुक प्रतिक्रियाहरु
