आज पोखारा र काठमाण्डौमा प्रर्दशनको तयारी गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा पोखरा र काठमाडौँमा प्रदर्शन गर्ने लागेको हो । आज बिहान ११ बजे पोखराको मानवअधिकार चोक र दिउसो १ बजे काठमाडौँको माइतीघरमा प्रदर्शन गर्न लागिएको हो ।
पोखरामा हुने प्रदर्शनको नेतृत्व गर्न पार्टीका दुवै उपसभापति डीपी अर्याल र स्वर्णिम वाग्लेलगायतका नेताहरू गए राति नै पोखरा पुगेका छन् । राजनीतिक प्रतिशोधविरुद्ध ऐक्यबद्धता भन्ने नाराका साथ रास्वपाले लामिछानेको पक्राउविरुद्ध प्रदर्शन गर्न लागेको हो ।
रातभरको पार्टी कार्यकर्ताको अवरोध र नाराबाजी छल्दै लामिछानेलाई सडकमार्ग हुँदै पोखरा पु¥याइएको थियो । हाल पोखरा प्रहरीको हिरासतमा रहेका लामिछानेलाई आज शनिबार परेका कारण भोली आईतबार मात्र अदालतमा उपस्थित गराईने छ ।