रुकुम पश्चिमबाट प्रकाशित भैरहेको आहा सञ्चार साप्ताहिक पुनः क वर्गमा वर्गीकरण भएको छ । प्रेस काउन्सिल नेपालले सोमबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को नतिजा अनुसार आहा सञ्चार क वर्गमा वर्गीकरण परेको हो । प्रेस काउन्सिल ऐन, २०४८ को दफा १० बमोजिम गठित पत्रपत्रिका वितरण सम्परीक्षण समितिको वर्गीकरण प्रतिवेदनको आधारमा प्रत्येक आर्थिक वर्ष वर्गीकरणको नतिजा सार्वजनिक गर्ने गरिएको छ ।
जिल्लाबाट विगत १२ वर्षदेखि प्रकाशित हुदै आईरहेको आहा सञ्चार आर्थिक वर्ष २०७१।७२ मा पहिलो पटक वर्गीकरणमा परेको थियो भने पछिल्ला पाँच आर्थिक वर्षदेखि निरन्तर क वर्गमा पर्दै आएको छ ।

आहा सञ्चार साप्ताहिक रुकुम पश्चिमबाट प्रकाशित भएर क वर्गमा वर्गीकरणमा पर्ने स्थानीय पहिलो पत्रिका हो । जिल्लाको अग्रणी र प्रभावशाली छापा माध्यमको रुपमा आफ्नो पहुँच वनाएको आहा सञ्चार साप्ताहिकले आहा सञ्चार डटकम नामक अनलाइन पनि सञ्चालन गर्दै आएको छ । आहा सञ्चार साप्ताहिक क वर्गमा परेको अवसरमा पत्रिकाका प्रकाशक तथा प्रधान सम्पादक मेगराज खड्काले पाठक, ग्राहक, सरकारी तथा गैरसरकारी विज्ञापनदाता, लेखक, कर्मचारी लगायत सहयोग र सहकार्य गर्ने सबै व्यक्ति तथा निकायलाई धन्यबाद दिएका छन ।

यस्तो छ देशभरको नतिजा
पत्रपत्रिका वर्गीकरणका लागि प्रेस काउन्सिल नेपालले प्रत्येक वर्ग आवश्यक कागजात सहित आबेदन मा गर्दै आएको छ । जस अनुसार आर्थिक वर्ष २०७८/७९ को वर्गीकरणको लागि ९ सय वटा पत्रपत्रिकाले आवेदन दिएकोमा ८ सय ७५ वटा पत्रपत्रिका बर्गीकरणमा समाबेश भएका छन । जसमा क वर्गमा २ सय ९२, ख वर्गमा ४ सय ३२, ग वर्गमा १ सय ३७ र घ वर्गमा ३४ वटा पत्रपत्रिका वर्गीकरणमा परेका छन ।
पत्रपत्रिका वर्गीकरणको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto