मोटरसाईकल दुर्घटनामा परेर घाईते भएका रुकुम पश्चिम सानीभेरी गाउँपालिका एक शिक्षकको उपचारको लागि संकलित रकम हस्तान्तरण गरिएको छ । पालिकाको वडा नम्वर ३ श्रीचौर घर भई सानीभेरी मावि बलिबाङमा करार शिक्षकमा कार्यरत मस्त बहादुर खड्काको उपचारको लागि संकलित रकम पत्रकार तथा सामाजिक अभियान्ता नारायण ओलीमार्फत बिरामीका छोरी कृष्णा खड्कालाई हस्तान्तरण गरिएको हो ।

रोजगारीको शिलशिलामा अमेरिकामा गएका ६२ जना नेपाली युवाहरुले संकलन गरेर रकम पठाएका थिए । अमेरीका रहेका सानीभेरी गाउँपालिका –६ का मनराज देवकोटाले आफ्नो नेतृत्वमा सहयोग अभियान सञ्चालन गरी ६ लाख ७३ हजार ३ सय ३० रुपैया पठाएका थिए ।
हालसम्म ११ लाख ६ हजार ९ सय ७४ रुपियाँ रकम संकलन भएको र आफु मार्फत ४ लाख ३३ हजार ६ सय ४४ रुपियाँ रकम संकलन गरिएको पत्रकार ओलीले बताए ।

उपचारका क्रममा ठुलो धनरासी खर्च भईसकेको र कमजोर आर्थिक अवस्थाको कारण उनको उपचारको लागि देशविदेशबाट सहयोग संकलन भएको हो । गत असार ४ गते विद्यालयबाट घर फर्कने क्रममा मोटरसाईकल दुर्घटनामा परेर उहाँ गम्भिर घाईते भएका थिए । हाल उनको नेपाल मेडिसीटी अस्पतालमा उपचार भईरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto