एक्कबहादुर केसी
साहित्यकार पुर्णओली लगायत ७ जनाको एक डफ्फा यहि मिति २०८१ साउन १९ गते रुकुम पश्चिम जिल्ला मुनपा वडा नम्बर ७ को साँखगाउँ स्थित ठुलीदह घुम्न निस्केका थियौं । यद्यपी ठुलीदह घुमाईको पहिलो भ्रमण भने थिएन यो । स्कुले जीवन छदापनि यो ठाउँमा पिकनिक आइएकै थियो ।
तत्पश्चातपनि पक्सपक्स बाहिरबाट मुसिकोट घुम्नआउनुहुने बरिष्ठ साहित्यकार मण्डलीलाई यो ठाउँ घुमाउन ल्याईने गरिन्थ्यो । युवराज नयाँघरे त यो बनकुञ्जभित्र रहेको एउटा एकान्त अनी समथर घाँसे चौरमा आनन्दित भएर उफ्रिनुभएको थियो पनि । सेरीगाउँदेखि अटोमा चढेर केहि मिनेटमै हामी बैरीदह पुगेर उत्रियौं । त्यहाँ देखि ठुलीदह सम्म करिब ४५ मिनेट हामी ब्यवस्थित पदमार्ग हुदै लेकाली जंगल झाँडी छिचोल्दै ठुलीदह पुगियौं । बिच ठाउँमा बिश्रामको लाडि डवली पनि बनाईएको रहेछ । बाटोभरी चेक्टाखाले ढुंगा छापेकोले चिप्लो या हिलोभन्ने कहिकतै थिएन । विल्कुल सुरक्षित पदमार्ग ।

मध्य बर्षातको समय भएकोले हरेक खोला खोल्सीमा कञ्चन चिसो पानी बग्दै गरेको अवस्था थियो । पानी प्यासले प्याकप्याक्ती पार्ने अवस्था थिएन । संयोग यो प¥यो की साँख हाईस्कुमालका शिक्षक स्टाफहरुको त्यहाँ बनभोज खाने कार्यक्रम रहेछ । हामी पनि स्थानीयबासीनै भएकोले ति सबै शिक्षक स्टाफहरुसंग चिरपरिचित सम्बन्ध थियो नै । भोज खान बोलाउनु भएको थियो । तर पूर्ण ओली सर भर्खर मात्र पृतीशोकबाट उत्रेकाले होला उहाँ अनी उहाँको घर्मपत्नी देवि ओली र अन्य एक दम्पत्ती चार जना भोज पाक्दै गरेको ठाउँ छिर्नु भएन । बरु त्यहाँ देखि थोरै माथीको डाँडोको धुरीतीर उक्लिनु भयो ।
यो लेखक, साहित्यकार मुकुन्द शर्मा, मनलाल ओली हामी तीन जना पिकनिक खाने सानो घरतीर छिर्यौं । त्यहाँ हामीले केहि नास्ता मात्र खायौं हामीले घरबाट विहानको खाना खाई हिडेकोले खासै भोक लागेको थिएन । जे होस शिक्षक ज्यूहरुले खाना खाएर जानुपर्छ भन्ने सदासहयता दर्खाउनु भएकै थियो ।
छिप्रिदलह मुनीबाटको स्यानीदहमा हामीले थुपैै फोटाहरु आआफ्ना मोवाईलमा स्टोर गर्यौं भिडियो बनाऔं । यतीखेर यहाँ निर्मल निश्चल जलको पोखरी थियो साथै यसको अल्ली अगाडि पट्टीपनि छिप्रिदहको पोखरी नै थियो । यी दुई पोखरीहरु बर्षाकालमा मात्र अस्थित्वमा रहने गर्दछन, सुख्खा समयमा सुक्ने गर्दछन । विचमा सानो एउटा डिस्कुलाले मात्र यी दुई पोखरी आआफना नामले परिचित रहेका छन । अर्थात छिप्रिदह र स्यानीदह । त्यो एउटा सानो डिस्कुलोलाई डोजर लगाई सम्याईदियोभने दुई तलाउ एउटै बनाई पर्यटकका निम्ति थप आर्कषण हुने र आर्थिक आर्जनका निम्ति श्रोत बन्न सक्ने संभावना रहेको छ । किनकी त्यसमा ससाना डुंगाहरु चलाउन सकिन्छ, त्यहाँ आउने पर्यटकहरुले बनकुञ्जभित्रको जलविहार गरि मनोरञ्जन लिन सक्दछन लेखकको यो एउटा कल्पनाको सपना हो, तर असंभव चाँहि किमार्थ होईन । किनकी थर्पु बसिवाङ हुदै ठुलीदह जोड्ने सडकमार्ग बन्दै गरेको अवस्था छ, दुई तीन किलोमिटर मात्र बाटो बन्न बाकी छ ।

यो ठाउँमा त एकपटक राजा समेत आएर घुमेका थिए रे, तर यहाँ मंसिर पुसमा भने अली बेशी जाडो हुने गर्दछ । सौन्दर्यताको यो अनुपम खानी ठुली दह एरियालाई के मानेमा नि सकियो त भने यो निर्जन कुञ्ज विहारमा अझ बढी सौन्दर्यताको उर्जा थप्ने कुराहरु ढिकतीर पनि हरियाली जंगल, घाँरीपट्टी पनि हरियाली जंगल अनी विचमा पानी पोखरी यस्तो प्रकृतिको सजावट भरिएको भुमि हो यो । यति मात्र नभई यहाँ देखि थोरै माथी उकालो पढ्यो भने घुरीमा पुगिन्छ र त्यहाँ देखि पारी पट्टी पूर्बी रुकुमका अनेकौं गाउँबस्ती, तलतीर बग्दै गरेको सानीभेरी नदी एबम सिस्ने, पुथा, धौलागरि हिमाली चुचुराहरु देखिनुका साथै पाटनहरु जस्तो चित्रीपाटन, बुकिपाटन यी सबै ठाउँ सबै छलंग देखिन्छन । त्यहि भएर खाराईदह, स्यानीदह, छिप्रीदह तथा ठुलीदह यी सब ठाउँहरु दिल बहालाउनलाई घुम्न लायक छन । पिकनिक खान योग्य छन, खेलकुद गर्न योग्य र चलचित्र छायंकलन गर्न लायक रहेका छन । कहिलेकाँहि सुरक्षा दस्ता आएर तालिम गर्दछन, जे होस यर्थातमा यो ठाउँमा मुसिकोट नगरपालिकाको महत्वकांक्षी पर्यटक संभाब्य अमुर्त गहना नै हुन्छ । तर यसको भविश्य उज्वल छ ।

युट्युवमा ठुलीदहको भिडियो सामग्री हेर्नुहोस ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...