नेपाली नारीहरुको विशेष पर्वलाई लक्षित गरि तिज कोसेली `तिजको बेला रमाइलो´ बोलको गीत सार्वजनिक भएको छ ।
अमर राज पुनको थेगो र शब्द लेखन, जय देवकोटाको लय तथा गायिका मिना लामाको आवाजमा तिजको बेला रमाइलो बोलको गीत सार्वजनिक भएको हो । पछिल्लो समय बजारमा आउने तिजका गीतमा मौलिकता हराउँदै गएकाले नारीहरुको तिज पर्वलाई विशुद्ध तिजमा चित्रण गर्ने गरि गीत निर्माण गरिएको पुनको भनाइ छ ।
`केही वर्ष यता तिजको नाममा सृजना गरिएका तिज भाकाहरु आज तिजका भाका हुन्/होइनन् छुट्याउनै मुस्किल छ । यस्तो सम्भ्रमको बेला देश तथा विदेशमा रहनुभएका नेपाली महिला दिदिबहिनीको जमघटलाई थप रमाइलो बनाउन, नाच्न/नचाउन र सुखदुःख भुलाउने तिजको शब्द लेखन गरेको छु, पुनले जानकारी दिए ।´ यस गीतमा सगुन थापाले मोडेल गरेकी छन् । सो गीत अमर राज पुन यूट्युबमा गएर हेर्न सकिन्छ ।
फेसबुक प्रतिक्रियाहरु