वास्तविक जीवनमा आधारित गीत आमा तिम्रै कोखमा बजारमा आएको छ । प्रदेशमा रहँदा गाउँमा आमाको निधन भएपछि लेखिएको वास्तविकतामा आधारित गीत सार्वजनिक भएको छ ।

रुकुम पश्चिम सानीभेरी गाउँपालिका वडा नम्बर ३ की मनकुमारी ओलीको निधन भएपछि अमेरिकामा रहेका छोरा नविन प्रकाश ओलीले आमाको सम्झनामा गीत परिकल्पना गरेका थिए । आमाको सम्झनामा ओलीकै परिकल्पना डम्बर चन्द बगरको शब्द, तिलक परियारको भाकामा तिलक परियार र सुनिता बुढा क्षेत्रीको स्वरमा गीत बजारमा आएको हो । अत्यन्तै मर्मस्पर्शी उक्त गीतमा हिउवाला गौतम, बिनोद भण्डारी, नारायणी खत्री लगायतको अभिनय रहेकोे छ भने निर्देशन प्रकाश भट्टले गरेका छन् ।

election adv.

आफ्ना छोराछोरीहरु विदेशी भूमिमा रहने र आमा बुवाहरु गाउँघरमै ज्यान गुमाउनुपरिरहेको पछिल्लो समयको वास्तविकतालाई उजागर गरेर बनेको उक्त गीतले धेरैको मन छोएको छ ।
हेनुहोस गीत

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto