मेरो नाम शशिराम बोहरा हो । म गाउँकै एक सामुदायिक सरकारी बिद्यालय श्री हिमालय मा.बि. आठबिसकोट न.पा.३ रुकुम पश्चिममा प्राथमिक तहको स्थायी शिक्षकको रुपमा कार्यरत छु । मेरो शिक्षण जीवनको सुरुवात निकै उत्साहजनक थियो ।
बिद्यालयका बिद्यार्थीहरुलाई शिक्षित गरेर समाजमा केही योगदान गर्न पाउँदा म गर्व महशुस गर्थें । तर समयसँगै स्थानीय सरकारको हस्तक्षेप र अनियमितताहरुले मेरो पेशागत जिवनमा अनेकौं कठिनाईहरु झेल्नु परेको छ । शिक्षा कुनै पनि समाजको मेरुदण्ड हो र शिक्षकहरू शिक्षाको आधार स्तम्भ हुन् । शिक्षकहरूको योगदानबिना समाजको समुन्नति असम्भव छ । तर कहिलेकाहीँ शिक्षकहरू स्थानीय सरकारको विभेदपूर्ण व्यवहारको सिकार हुनुपर्दो रहेछ । यस लेखमा म एक स्थानीय सरकारबाट पीडित शिक्षकको समस्याहरू र त्यसको प्रभावका बारे केही मनमा गुम्सेर रहेका कुराहरुलाई पस्कदैछु । स्थानीय सरकारबाट पीडित म लगायत म जस्तै शिक्षकहरूले निम्न समस्याहरूको सामना गर्नुपरेको छ ।
हामी शिक्षकहरूको नियुक्ति र स्थानान्तरणमा राजनीतिक हस्तक्षेपको कारण योग्यता र कार्यक्षमताको मापन नगरी राजनीतिक पहुँचका आधारमा निर्णय गरिन्छ । कार्यस्थलमा असुरक्षा कतिपय शिक्षकहरू कार्यस्थलमा असुरक्षित महसुस गर्नु परेको छ । त्यसैले हामी शिक्षकहरुले धम्की, दवाब, र अन्य मनोवैज्ञानिक समस्याहरुको सास्ती भोग्नु परेको छ । स्थानीय सरकारबाट पिडित हामी शिक्षकहरुलाई यस्ता कार्य गरेको खण्डमा निम्न असरहरू पर्दछन । शिक्षाको गुणस्तरमा गिरावट, हामी शिक्षकहरू पिडित भएमा हाम्रो मनोबल घट्नुको साथै शिक्षण कार्यमा समर्पित हुन गाह्रो हुन्छ । विद्यार्थीहरूको भविष्यमाथि असर पर्दछ । गुणस्तरीय शिक्षा नपाउँदा विद्यार्थीहरूको शैक्षिक प्रगति रोकिन पुग्छ । शिक्षकहरूको पेशागत विकासमा अवरोध शिक्षकहरूको मनोबल घट्दा र हामीहरुले भोग्नुपर्ने समस्याहरूले उनीहरूको पेशागत विकासमा अवरोध पु¥याउँछ ।
समाजमा असन्तोष शिक्षकहरूबाट सन्तुष्ट नभएको अवस्थामा समाजमा असन्तोष बढ्ने सम्भावना रहन्छ । हामी शिक्षकहरुलाई राजनीतिक हस्तक्षेप हुनु हुदैन । अनि शिक्षकहरूको नियुक्ति र स्थानान्तरणमा राजनीतिक हस्तक्षेपलाई निरुत्साहित गर्न आवश्यक छ । अन्त्यमा हामी शिक्षकहरूको सम्मान र म जस्तै तमाम शिक्षकहरुको समस्या समाधान गर्ने तर्फ स्थानीय सरकारको ध्यान पुगोस । शिक्षकहरूलाई सम्मानपूर्वक व्यवहार गरिए मात्र समाजको प्रगति सम्भव छ । शिक्षामा कुनै पनि प्रकारको भेदभावले दीर्घकालीन असर पार्न सक्छ । त्यसैले, स्थानीय सरकारले शिक्षकहरूको समस्या समाधान गरी शिक्षाको गुणस्तर सुधार गर्नुपर्ने आवश्यकता छ । अनि मात्र समृद्ध, सिर्जनशिल, समतामुलक समाज परिकल्पना गर्न सकिन्छ । धन्यबाद ।
