पशुपति माध्यामिक विद्यालय रातामाटा रुकुम पश्चिममा विद्यालयका पूर्व विद्यार्थी सिर्जना शर्माले अक्षय कोषको स्थापना गरेकी छिन । लामो समय शिक्षण पेशा अंगालेर सेवा निवृत्त भएका आफ्ना पिता नारायणप्रसाद शर्माको सम्मान र माता स्वर्गीय त्रिपुरादेवीको सम्झनामा पशुपति माध्यामिक विद्यालयको ५९ औं वार्षिकोत्सव समारोहको अवसरमा एक लाख एक हजार एक सय एघार रुपैयाँको अक्षयकोषको स्थापना गरेकी हुन ।
शर्माले मुसिकोट नगरपालिका वडा नं २ मा रहेको पशुपति माध्यामिक विद्यालय रातामाटामा सिनात्रि (सिर्जना, नारायण त्रिपुरा) अक्षयकोष २०८१ स्थापना गरेकी हुन ।

उक्त कोषबाट हरेक वर्ष माध्यामिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट अंक ल्याउने एकजना छात्रा, छात्र र मुसिकोट नगरपालिकाभित्रका उत्कृष्ट कार्यसम्पादन गर्ने एकजना शिक्षक वा शिक्षिकालाई अक्षयकोषको लाभांशबाट प्राप्त हुने रकम वितरण गरिने छ । अक्षयकोष वापतको रकम र अक्षयकोष संचालन कार्यविधि विद्यालयका प्रधानाध्यापक घनश्याम बुढाथोकीलाई बुवा नारायणप्रसाद शर्माले हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा विद्यालयको पुस्तकालयका लागि सिर्जना शर्माद्वारा पचास थान पुस्तक पनि हस्तान्तरण गरिएको विद्यालयका शिक्षक दामोदर शर्माले जानकारी दिए । २०२२ सालमा स्थापना भएको बिधालयले विभिन्न कार्यक्रम गरी ५९ औं वार्षिकोत्सव मनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto

आहा सञ्चारका भिडियो सामग्रीहरु हेर्न तल क्लिक गर्नुहोस तथा युट्युब च्यानल सस्क्राइव गर्नुहोस ।

This will close in 0 seconds