नारायण ओली

सानीभेरी गाउँपालिकाले आर्थिक २०७४/०७५ मा २६ हजार फलफूलका विरुवा वितरण गरेको छ । सानिभेरी गाउँपालिकाले अवलम्बन गरेको निर्यातमुखि व्यावसायिक कृषि पेशालाई प्रोत्साहन गर्न विरुवा वितरण गरिएको हो ।

सानीभेरी गाउँपालिकाले १० वर्षे कृषि गुरुयोजना निर्माण गरी सानीभेरीका विभिन्न स्थानमा कृषि वशेषज्ञ पुगि सम्भाव्यता अध्ययन गरीएको र त्यसै अनुसार फलफूलका विरुवा वितरण गरिएको कृषि संयोजक लाल बहादुर भण्डारीले बताए ।

सानीभेरीका ३००० कृषकलाई वितरण गरिएका विरुवामा विभिन्न जातका २४००आँपका विरुवा, ७०० लिची, ५५० केरा, ९००० सुन्ताला, ३५०० कागती, ११०० अनार, अलैची ९००० वितरण गरीएको छ ।

सानीभेरी गाउँपालिकाको ६ लाख ४१ हजार  र कृषकको १ लाख ६० हजार रकमले विरुवा खरिद गरिएको हो भने गाउँपालिकाको ६५ प्रतिशत अनुदान रहेको छ ।

वितरण गरीएका फलफूलका विरुवा लगाएको ठाउँमा पुगेर अनुगमन गर्ने कृषि संयोजक भण्डारी को भनाई छ ।

 

फेसबुकमा प्रतिक्रिया दिनुहोस...