रुकुम पश्चिमकी मिलन खड्का रोका कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री नियुक्त हुनुभएको छ । कर्णाली प्रदेश सरकारको मन्त्रीको रुपमा आज नियुक्त हुनुभएको हो । रोकाले १४ बर्षको सानै उमेरदेखि राजनीतिक यात्रामा होमिनु भएको थियो ।

२०४५ सालमा कक्षा ६ मा पढ्दै गर्दा राप्ती ज्ञानोदय माध्यमिक विद्यालय, सिम्लीमा विद्यार्थी संगठनको इकाई सदस्य बनेर उहाँले राजनीतिको कखरा प्रारम्भ गनुभएको थियो । १४ बर्षको उमेरमा राजनीतिक यात्रा प्रारम्भदेखि कर्णाली प्रदेश सरकारकार मन्त्री जस्तो महत्वपूर्ण जिम्मेवारीमा पुग्नुभएको छ । जसबाट भौगोलिक रूपमा विकट कर्णालीमा पूर्वाधार विकासलाई प्रभावकारी, दिगो र जनमुखी बनाउने जिम्मेवारी उहाँको काँधमा आएको छ ।

मिलन खड्कालाई थप नजिकबाट चिन्नुहोस

जन्मस्थानः रुकुम पश्चिम जिल्ला सानीभेरी गाउँपालिका वडा नं. ९ राङजा
हालको स्थायी ठेगानाः रुकुम पश्चिम जिल्ला मुसिकोट नगरपालिका वडा नं. १३ लामाडाँडा
जन्म मितिः २०३२।११।८
बुवाको नामः दिर्गु खड्का
आमाको नामः बर्नी खड्का
संक्षिप्त राजनैतिक प्रोफाइल
• २०४५ सालमा १४ वर्षको उमेर देखि नै राजनीतिको कखरा शुरु
• कक्षा ६ मा पढ्दा राप्ती ज्ञानोदय मावि सिम्लीमा विद्यार्थी संगठनको इकाई सदस्यबाट राजनीति शुरुवात
• २०५३ सालमा तत्कालिन नेकपा माओवादीको पार्टी सदस्यता
• २०५४ मा उहाँ अखिल नेपाल महिला संघ क्रान्तिकारीको एरिया कमिटी (सिम्ली, गरायला, अर्मा, पुर्तिमकाँडा र घेत्मा गाविस) अध्यक्ष
• २०५३ बैशाखदेखि २०५५ को भदौसम्म जनसहयोग प्रावि माथिल्लो अमडाँडामा शिक्षण गरेको
• विद्यालयमा अध्यापनरत रहँदा नै प्रहरीले पक्राउ गर्न खोजेपछि ७ महिनाको गर्भसहित विद्यालय छाडेर २०५५ भाद्र ४ गतेदेखि पार्टीको पूर्णकालिन कार्यकर्ता बनेर जनयुद्धमा सामेल
• पूर्णकालिन भएको २ महिनापछि सिम्लीको फुक्रुटाकुरामा २०५५ कार्तिक २ गते प्रहरीद्वारा श्रीमान टिकाराम ओलीको गिरफ्तारपछि हत्या ।
• सिम्लीको फुक्रुटाकुरामा उहाँका श्रीमान टिकाराम ओली सहित केही व्यक्तिको सामुहिक हत्या भएको थियो ।
• २०५५ देखि २०५७ सम्म पार्टीको पुर्तिमकाँडा र अर्मा गाविस इन्चार्जको जिम्मेवारी
• २०५६ देखि २०५८ सम्म अखिल नेपाल महिला संघ क्रान्तिकारीको जिल्ला सदस्य, कोषाध्यक्ष, सचिव हुँदै उपाध्यक्षसम्मको जिम्मेवारी
• २०५८ देखि २०६१ सम्म अखिल नेपाल महिला संघ क्रान्तिकारीको जिल्ला अध्यक्ष
• ढाडमा टेकेर टाउकोमा हिर्काउने पार्टीको सैन्य अभियान अन्तरगत २०६१ मंसिरमा गण्डक क्षेत्रको पाल्पा जिल्लामा सरुवा भएको ।२०६३ चैत्रसम्म पाल्पामा रहँदा पार्टीको जिल्ला सचिवालय सदस्य र एरिया इन्चार्जको जिम्मेवारीमा काम गरेको
• पाल्पामै कार्यरत रहँदा २०६३ अखिल नेपाल किसान महासंघको केन्द्रीय सदस्य भई सल्यान र रुकुम जिल्ला इन्चार्जको जिम्मेवारी निर्वाह
• २०६४ असोजमा नेकपा(माओवादी)को मगरात राज्य समिति सदस्यको जिम्मेवारीमा क्रियाशील
• २०६८ मा अखिल नेपाल महिला संघ क्रान्तिकारीको केन्द्रीय सदस्यको जिम्मेवारीमा रही २०७६ सम्म रुकुम जिल्ला इन्चार्ज
• २०७८ मंसिरमा नेकपा (माओवादी केन्द्र) केन्द्रको कर्णाली प्रदेश सदस्य
• राजनैतिक जीवन शुरु गरेको ३४ वर्षपछि २०७९ मंसिरदेखि रुकुम पश्चिमबाट कर्णाली प्रदेश सभा सदस्य
• २०८२ कात्तिकदेखि हालसम्म नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य
• २०८३ भदौ ११ मन्त्री, भौतिक पूर्वाधार तथा सहरी विकास, कर्णाली प्रदेश

फेसबुकमा प्रतिक्रिया दिनुहोस...