रुकुम पश्चिमको सानीभेरी गाउँपालिका सिम्लीमा आज रोजगार मेला सम्पन्न भएको छ । नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेश समितिको आयोजना र रुकुम उद्योग बाणिज्य संघ र राप्ती ज्ञानोदय मावि सिम्लीको स्थानीय समन्वयमा रोजगार मेला आयोजना गरिएको हो । मेलाको रुकुम पश्चिमका प्रतिनिधी सभा सदस्य गोपाल शर्माले गमलामा पानी हालेर उद्घाटन गरेका थिए ।

सीप विकास, रोजगार प्रवर्दन र समृद्ध समाज निर्माण मुख्य उदेश्य रहेको रोजगार मेलामा जिल्लाका विभिन्न ठाउँबाट कृषि तथा अन्य व्यवसायजन्य फर्म देखि उत्पादनसम्म राखिएका थिए । मेलामा रहेका स्टलहरुको अनुगमन गर्दै प्रतिनिधीसभा सदस्य शर्माले सरोकारवाला कार्यालय र व्यवसायीहरुले उत्पादनसंगै स्थानीय कृषकहरुलाई पनि आयआर्जनमा जोडेर जाँदा अझ प्रभावकारी हुने बताए ।

नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष धनबहादुर रावतको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सानीभेरी गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्ट, उपाध्यक्ष कमला रोका, नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेशका सदस्य दिपेन्द्र खड्का, कार्यकारी निर्देशक महेश किशोर खनाल र रुकुम उद्योग बाणिज्य संघका अध्यक्ष पलबहादुर खड्का लगायत सरोकारवाला ब्यक्ति तथा निकायहरुको सहभागीता रहेको थियो । राप्ती ज्ञानोदय माविमा भएको कार्यक्रमको उक्त कार्यक्रमको संचालन रुकुम उद्योग बाणिज्य संघ रुकुम पश्चिमका सचिव रमेश खड्काले गरेका थिए ।

 

 

फेसबुकमा प्रतिक्रिया दिनुहोस...