राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकायले पछिल्लो समय सामाजिक सञ्जालहरुमा जे पायो त्यहि लेख्ने प्रबृत्तिका कारण राजनीति र सामाजिक क्षेत्रमा अराजकता फैलिएको बताउनुभएको छ । सामाजिक र राजनीतिक सदभावमा खलल पुग्ने गरी सामग्रीहरु सामाजिक सञ्जालमा पोष्ट हुँदा दिनप्रतिदिन समस्या निम्ति रहेको उनको भनाई छ ।

नेपाल नेत्रज्योति संघ जिल्ला शाखा रुकुम पश्चिमको पाँचौं जिल्ला सभा शुभकामना मन्तब्य राख्दै यस्तो कुरा बताउनु भएको छ । सामाजिक सञ्जालमा के कुरा राख्ने र के कुरा नराख्ने भनेर प्रयोगकर्ताहरु नै सचेत हुनुपर्ने उहाँको जोड थियो ।
‘जेन्जी आन्दोलन मार्फत धेरैजनधनको क्षति हुने काममा यहि सामाजिक सञ्जाल अधिकत प्रयोग भएको हामी सबैले देख्यौं’ उहाँले भन्नुभयो, ‘सामाजिक सञ्जाल प्रयोग नै नगर्ने भन्ने होईन तर सहि प्रयोग हुनुपर्छ, सूचना प्रविधिको गलत र अधिक प्रयोगले नेपाली राजनीति र सामाजिक क्षेत्रमा धेरै समस्या निम्तिरहेको छ ।’

एक अर्को प्रसंगमा चुनावपछि देश स्थायी सरकार देखि विकास समृद्धिको यात्रामा जाने जनताको अपेक्षा विपरित बर्तमान सरकारका कारण लोकतन्त्र नै खतरामा पर्ने खालको संकेत देखापरेको बताउनुभयो ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...