१० केजी अफिम सहित ४ जना पक्राउ

Byआहा सञ्चार

२०८३ जेष्ठ १९, मंगलवार १५:१५ गते

रुकुम पश्चिमको आठबिसकोटबाट १० केजी अफिम सहित ४ जना पक्राउ परेका छन् । भेरी कोरिडोर अन्तर्गत आठबिसकोट नगरपालिका १४ छेपारेबाट जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले १० केजी १ सय ६० ग्राम अफिम सहित ४ जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार जाजरकोट नलगाड नगरपालिका वडा नम्बर ३ कैन बस्ने अन्दाजी २८ वर्षीय खड्क पुन र सोही स्थानका अन्दाजी ३० बर्सिया बृहस्पति पुन थापा पक्राउ परेका हुन् । त्यस्तै बाँकेको कोहलपुर नगरपालिका २ शान्तिनगर बस्ने अन्दाजी ३६ वर्षीय रामबहादुर सार्की र सोही ठाउँका अन्दाजी १८ वर्षीय सुरज विकलाई पनि पक्राउ गरिएको प्रहरी निरीक्षक पुनले जानकारी दिनुभयो । ४ जनालाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

थप विवरण तलको विज्ञेप्तीमा हेर्नुहोस

फेसबुकमा प्रतिक्रिया दिनुहोस...