रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष धिरन सिर्पाली (बिमर्श)ले वडामा सुत्केरी हुने ९७ जना महिलाहरुलाई सुत्केरी स्याहार खर्च प्रदान गरेका छन । उक्त सुत्केरी स्याहार खर्च वडा तथा अन्य कुनै सरकारी निकायको नभएर ब्यक्तिगत रुपमा प्रदान गर्दै आएका हुन ।

उनले आफु वडा अध्यक्षमा निर्वाचित भएर पदभार ग्रहण गर्दा जनतासंग गरेको घोषणा र प्रतिवद्धता अनुसार गाउँमा कोहि महिला सुत्केरी हुँदा घरमै पुगेर सुत्केरी स्याहार खर्च स्वरुप ३ हजार रुपैयाँ ब्यक्तिगत रुपमा प्रदान गर्दै आएका छन । आफु वडा अध्यक्षमा निर्वाचित भएर पदभार गरेको ४ बर्षको अवधीमा एक प्रगति विवरण सार्वजनिक तथा समक्षिा कार्यक्रमको आयोजना गरेर ९७ जना सुत्केरी आमालाई घरमै गएर सुत्केसी खर्च दिएको जानकारी दिएका हुन । उनले जसबाट २ लाख ९१ हजार रुपैयाँ ब्यक्तिगत रुपमा खर्च गरिसकेका छन । पछिल्लो पटक ९७ औं सुत्केरीको रुपमा मुसिकोट नगरपालिका वडा न १२ जुम्लावाङ बुगेरि बस्ने खेममान ओलि र उमा बुढाथोकि ओलिको छोरीको जन्म भएको अवसरमा ओलीलाई घरमै पुगेर सुत्केरी स्याहार खर्च प्रदान गरेका हुन । जसमा अध्यक्ष शिर्पाली सहित वडा सचीव देवीलाल पुन, वडा स्वास्थ्य कार्यालयको अनमी सिता खड्का ओलि र वडा सदस्य छैमा बि क लगायतको टोलि सुत्केरीको घरमा पुगेको थियो । अध्यक्ष सहित वडा कार्यालयका अन्य कर्मचारी पनि सुत्केरीको घरमा जाने गरेका कारण जन्मदर्ता देखि स्वाथ्यकर्मीबाट हुने अन्य स्वास्थ्य उपचार र सल्लाहको काम पनि एकैसाथ हुने गरेको छ ।

यसअघि सरकारले नियमित गर्भजाँच तथा स्वास्थ्य संस्थामा बच्चा जन्माउदा सुत्केरीलाई नियमअनुसारको रकम तथा लत्ता कपडा दिने गरेको भएपनि वडा अध्यक्ष शिर्पालीले ब्यक्तिगत रुपमै थप सुत्केरी स्याहार खर्च दिने काम पनि अभियानमै रुपमा चलाएका हुन । सुत्केरी स्याहार रकमले सुत्केरीलाई समयमा पोसिलो खानेकुरा तथा न्यानो लत्ता कपडा जुटाउनको लागि सहयोग पुग्ने भन्दै वडा अध्यक्षलाई सुत्केरी आमा तथा परिवारका सदस्यहरुले धन्यबाद दिने गरेका छन ।

उक्त सुत्केरी स्याहार खर्च प्रदान बाट गरिब तथा विपन्न परिवारलाई निकै राहत पुगेको छ । ‘मैले चुनावको बेला घोषणा गरे अनुसारको कुरा कार्यन्वयन गरेको हुँ’ वडा अध्यक्ष सिर्पालीले भने, ‘स्वास्थ्यकर्मी सहितको टिम सुत्केरीको घरमै पुगेर आमा र बच्चाको स्वास्थ्य अवस्थाबारे जानकारी लिने र आवश्यक सुझाब सल्लाह दिनुका साथै उक्त रकम पनि हस्तान्तरण गर्दै आएको छु ।’ उनका अनुसार केहिले उक्त सुत्केरी स्याहार खर्च सरकारी रकमबाट बाँडिएको भनेर भ्रम फिजाउने गरेको भएपनि उक्त रकम सरकारी कुनै कोषबाट नभएर आफुले वडा कार्यालयबाट पाउने सुविधा र भत्ताको रकमबाट ब्यक्तिगत रुपमा प्रदान गरिएको स्पष्ट पारे ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...