नेपाली कम्युनिष्ट पार्टी (नेकपा) रुकुम पश्चिमको एकता/समायोजन प्रकृया टुंगो लागेको छ । पार्टीका केन्दीय संयोजक प्रचण्डको सहभागीतामा जिल्ला पार्टी कार्यालय सेरीगाउँमा बसेको बैठकले जिल्ला नेतृत्व देखि जिल्ला समिति सदस्यहरुको समेत टुंगो लगाएको हो । यससगै नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी लगायतका दलहरु मिलेर बनेको नेकपा जिल्ला समितिको एकता प्रकृया औपचारिक रुपमा टुंगो लागेको हो ।

जस अनुसार सहमतिमै नेकपा रुकुम पश्चिमको संयोजकका गोविन्द रोका सचिन र सहसंयोजकमा सुरज परियार रहनुभएको छ । रोका यसअघि नेकपा माओवादी केन्द्रको संयोजक हुनुहुन्थ्यो भने परियार एकिकृत समाजवादी रुकुम पश्चिमको अध्यक्ष हुनुहुन्थयो । त्यस्तै नेकपा रुकुम पश्चिमको इन्चार्जमा पार्टीका केन्द्रीय सदस्य बशन्त शर्मा र सहइन्चार्जमा केन्द्रीय सदस्य देवि ओलीलाई जिम्मेवारी दिएर आवश्यक निर्णयका लागि केन्द र प्रदेशमा सिफारिस गरिएको नेकपा रुकुम पश्चिमका संयोजक रोकाले आहा सञ्चारलाई जानकारी दिनुभयो ।

एकता प्रकृयामा आएका दलका जिल्ला समितिमा रहेका सदस्यहरु सबैलाई समेटेर २ सय २९ सदस्सीय जिल्ला समिति, ७५ सदस्सीय सचिवालय र कार्यसंयोजन समिति गठन गरिएको छ ।

हेर्नुहोस यस्तो छ एकता पछि बनेको नेकपा रुकुम पश्चिमको २ सय २९ सदस्सीय जिल्ला समिति ।

 

 

 

 

 

फेसबुकमा प्रतिक्रिया दिनुहोस...